ट्रकको ठक्करबाट एकको मृत्यू , दुई घाइते

Read Time:1 Minute, 21 Second

मोरङ, २६ असोज 

कोशी राजमार्ग अन्तर्गत विराटनगर ५ स्थित मुनालपथमा भएको दुर्घटनामा एकजनाको ज्यान

गएको छ भने दुइ जना गम्भिर घाइते भएका छन् ।

सोमबारराती भएको दुर्घटनामा परि बिराटनगर ६ का ३९ बर्षिय हरि कुमार साहीको ज्यान गएको हो

भने सोही दुर्घटनामा विराटनगर १३ की २५ वर्षीया सिता श्रेष्ठ र २० वर्षीया वन्दना राई गम्भिर

घाईते भएको मोरङ प्रहरीले जनाएको छ ।

बिराटनगरबाट इटहरी तर्फ जाँदै गरेको ना २ ख २५१५ नंम्बरको ट्रकले विपरित दिशावाट आउँदै

गरेको वा ३० प ६४१० नंम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो ।

दुर्घटनामा परि मोटरसाइकलमा सवार तीनै जना गीम्भर घाईते भएका थिए । घाईते मध्ये साहीको

बिराटनगर स्थित न्युरो अस्पताल उपचारका क्रममा मृत्यु भएको हो ।

अन्य घाइते द्धयको सोही अस्पतालमा उपचार भइरहेको र अवस्था गम्भिर रहेको प्रहरीले जनाएको

छ । ठक्कर दिने ट्रक र चालकलाई  प्रहरीले नियन्त्रणमा लिएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %