२५ मार्च २०१७
अलडरसट, युके
पाल्पाली भञ्जाङ (समाज) युके कार्यसमितिको बैठक आज अल्डरसट स्थीत द प्यालेशमा (The Palace) सम्पन्न भयो । उक्त बैठकको सभापतित्व समाजका अध्यक्ष श्री बोम सुर्यबंशी मगरले गर्नुभएको थियो । सो कार्यक्रममा गत १३ अगस्टमा २०१६ भएको बार्षिक भेटघाटमा भएका कमिकमजोरीको समिक्षा गरिनुका साथै आउदा भावी कार्यक्रमहरूमा ध्यानदिनु पर्ने बुदाहरूमा बैठकमा उपस्थित सल्लाहकार एवंम पदाधिकारीहरूले जोड दिनुभयो । सोही अवसरमा आउदो बार्षिक भेटघाट कार्यक्रम ५ अगस्ट २०१७ मा गरिने कार्यसमितिले पारित गर्यो ।
उक्त कार्यक्रममा नेपालबाट आउनुभएको नेपाली चेली शर्मिला थापालार्इ कार्यसमितिका महिला प्रतिनिधी श्रीमति लक्ष्मी आलेज्यूले पुष्पगुच्छा दिइ स्वागत गर्नुभयो । साथै निवर्तमान अध्यक्ष श्री श्यामसिं राना द्वारा खादा ओडाएर उहाँको सम्मान गरियो । सोही अवसरमा शर्मिला थापाले महिला हिंसाबारे जनचेतना दिनुभयो । स्मरण रहोस् शर्मिला थापा एकल महिलाको हकहितका हिमायति हुनुहुन्छ र उहाँको यस योगदानको मुल्याङकन गर्दै UNDP ले उहाँ N-Peace 2015 पुरस्कृत गरेको छ ।