बेल्जियम काँग्रेसलाई पत्रकार महासंघ युके शाखाले पनि बहिष्कार गर्ने !

Read Time:10 Minute, 42 Second

केजिन राई ,

बेल्जियम/ नेपाल पत्रकार महासंघ युरोप शाखाले गरेको निर्णय प्रति पत्रकार महासंघ युकेले पनि ऎक्यबद्दता जनाएको छ। नेपाली जनसम्पर्क समिति बेल्जियमका गतिबिधिहरुलाई समाचारमा समाबेश नगर्ने युरोप शाखाले गरेको निर्णय प्रति युके शाखाले पनि समर्थन गरेको हो। यो सँगै युके शाखाले पनि बेल्जियम काँग्रेसका गतिविधिलाई माफि नमागे सम्मका लागि बहिष्कार गर्ने भएको छ।

जनसम्पर्क समिति बेल्जियमको अधिबेशनमा पत्रकार माथि भएको अपमान र दुर्ब्यबहारलाई लिएर नेपाल पत्रकार महासंघ युरोप शाखाले जनसम्पर्क समिति बेल्जियमले गल्ती स्विकार नगरेसम्मका लागि सम्पूर्ण गतिविधिहरु  बहिष्कार गर्दै आएको छ। यस घटना प्रति युके शाखाले पनि गम्भिर ध्यान आकार्षण भएको भन्दै युरोप शाखाको निर्णय प्रति ऎक्यबद्दता जनाएको हो।

अध्यक्ष नरेश खपाङ्गीद्वारा जारी बिज्ञप्तिमा जनसम्पर्क समिति स्पेन र बेल्जियमको अधिबेशनका क्रममा मतगणनाका बारेमा सूचना नदिइएको तथा युरोप शाखाका अध्यक्ष केजिन राई र पत्रकार डिल्लीराम अमाईलाई प्रबेश नदिईएको प्रति युके शाखाको गम्भिर ध्यानकार्षण भएको जनाएको छ। पत्रकारहरुलाई निर्बाध समाचार संकलनको बाताबरण बनाउँन सबै नेपाली संघ( सस्थालाई आग्रह गदै युरोप शाखाले गरेको निर्णय प्रति युके शाखाले पनि ऎक्यबद्दता ब्यक्त गरेको हो।

मतगणना चल्दै गर्दा, पर्यबेक्षणका लागि गएका पत्रकारहरु माथि अपमान गरेपछि पनि गल्ती स्विकार नगरेको भन्दै युरोप शाखाले जनसम्पर्क समिति बेल्जियमका गतिबिधिलाई समाचारको रुपमा समाबेश नगर्ने निर्णयलाई युके शाखाले समर्थन जनाएको छ। युके शाखाको निर्णय सँगै, समितिले गल्ती स्विकार नगरेसम्म कुनै पनि गतिबिधि बारे युकेमा रहेका पत्रकारहरुले पनि रिपोटिङ् नगर्ने भएका छन्।

घटना पछि पनि तत्कालिन निर्बाचन समिति तथा जनसम्पर्क समितिबाट माफी माग्नुको सट्टा मतगणना स्थलमा तोकिएका ब्यक्ति बाहेक सबैलाइ निषेधित गरिएको र भीड नियन्त्रणको क्रममा पत्रकार पनि परेको भन्दै प्रतिक्रिया आए पछि यस्तो कदम चाल्न बाध्य भएको महासंघले जनाएको छ।

निर्बाचन समिति,उमेद्वार लगायत गैर काँग्रेसीहरुलाई समेत प्रबेश दिईएको मतगणना स्थलमा पर्यबेक्षणका लागि गएका युरोप शाखाका अध्यक्ष लगायतका पत्रकारलाई रोक्नुलाई सिङ्गो शाखा माथि कै अपमान भएको ठहर गर्दै उचित सुनुवाई नभए महासंघ अझै कडा रुपमा प्रस्तुत हुँदै जाने निर्णय गरेको छ।

नेपाली जनसम्पर्क समिति बेल्जियमको मार्च १३ तारिख सोमबार मतगणना जारी रहँदा महासंघ अध्यक्ष केजिन राई र पत्रकार डिल्लीराम अमाईलाई निर्बाचन समिती संयोजक इन्द्र क्षेत्री र सदस्य सचिब झलक केसीले प्रबेशमा रोक लगाउँदै अपमानित गरेको घटना प्रति पनि महासंघले यसअघि नै बिज्ञप्ति जारी गर्दै ध्यानआकर्षण गराएको थियो।

बिज्ञप्ति जारी पछि पनि जनसम्पर्क समिति मौन देखिए पछि युरोप शाखाका अध्यक्ष केजीन राई ९बेल्जियम०, बरिष्ठ उपाध्यक्ष ओम शर्मा ९बेल्जियम०, उपाध्यक्ष योगेन्द्रमिलन छन्त्याल ९पोर्चुगल ०, महासचिव प्रकाश ढकाल९डेनमार्क०,सचिव माहिन्दो वाईवा९ईटली०,सचिव हिरालाल श्रेष्ठ ९स्विट्जरल्याण्ड०,कोषाध्यक्ष प्रेम पोमु ९जर्मनी०,सदस्यहरु दीपक क्षेत्री ९स्पेन०, बिरमान घर्ती मगर ९बेल्जियम०,शेर बहादुर छन्त्याल९बेल्जियम०,निराजन श्रेष्ठ ९स्विट्जरल्याण्ड०,द्रोण रिजाल९नेदरल्याण्डस्०,प्रेम परियार९नर्बे० लगायत सदस्यहरुको साईबर छलफलले उक्त निर्णय गरेको हो।

नेपाली जनसम्पर्क समिति स्पेनको अधिबेशनमा पनि पत्रकार माथि सोही प्रकारको घटना भए पनि समितिले बिनम्रता पुर्बक माफी मागेको छ। मुलुककै सबै भन्दा पुरानो,बलियो लोकतान्त्रिक तथा प्रजातान्त्रिक पार्टी भएको दाबी गर्ने नेपाली काँग्रेसको विदेश स्थित भातृ संस्था नेपाली जनसम्पर्क समिति बेल्जियमलाई पनि स्पेनबाट पाठ सिक्न पनि महासंघले अनुरोध गरेको छ।

जनसम्पर्क समिति बेल्जियम अध्यक्षका प्रत्यासीले माफी मागेर असल राजनितिज्ञ भएको  महानता देखाए

यसै बीच नेपाली जनसम्पर्क समिति बेल्जियमको चौथो अधिबेशनका लागि अध्यक्षका लागि प्रत्यासी बनेका माधव सापकोटाले पत्रकार माथि भएको दुर्व्यबार  प्रति माफी मागेका छन्। निर्बाचित नयाँ कार्यसमिति घटना प्रति मौन बसेको बेला अध्यक्षका प्रत्यासी सापकोटाले भने, काम गर्दै जाँदा गल्ति हुने भन्दै आँफू संस्थाको बफदार सिपाई भएको भन्दै सँस्थाको तर्फबाट माफी मागेका हुन्।

निर्बाचनमा खसेको मतको झन्डै आधा भन्दा केहि मत मात्र कम ल्याएका सापकोटाले भनेका छन् “मिडियाकर्मिलाई चुनाबको मत परिणाम प्रयबेक्षण वा पारदर्शिताको अनुगमन,निगरानी,खबरदारी र समालोचनात्मक टिप्पणी सहित संगठनको गरिमालाई ख्याल राख्दै प्रश्न उठाउने, पूर्ण हक पार्टी बिधानले नै सुनिश्चित गरेको छ । त्यसैले मिडिया,हाम्रा मतदाता,कार्यकर्ता र शुभचिन्तकहरु प्रति कुनै दम्भ वा अहमता प्रकट गर्नु अशोभनिय हो जस्तो मलाई लागेको छ “

सापकोटाले पत्रकार माथि भएको घटना बारे गहन रुपमा प्रस्तुत गर्दै भनेका छन्,” सङगठनको औपचारिक जिम्मेवारीमा नभए पनि,त्यो हैसियत प्रमाणित गर्ने प्रतिष्पर्धाको एक हिस्सा भएको आधारमा अग्रज वा मेरा साथीहरुबाट हाम्रा निर्वाचनका प्रमुख, अतिथि टिम,मतदाता साथीहरु,शुभचिन्तक लगायत पत्रकार बन्धुहरुमा भएको असुबिधा,आरोप प्रत्यारोप,अपमान र असुबिधा प्रती आत्मालोचना गर्दै क्षमा माग्न चाहन्छु ।”

उनले जनसम्पर्क समिति जस्तो संगठनको चुनावमा सम्बेदनशील ,आबेग र प्रती आबेगपूर्ण स्थितिमा भएको त्रुटी र असुबिधा प्रती असहज नभैदिनुहुन पत्रकार महासंघ युरोप शाखालाई अनुरोध समेत गरेका छन्। उनले सामाजिक संजालमा लेखेका छन्,” म संगठनको जिम्मेवार प्रत्यासी उमेद्वार र बफादार कार्यकर्ता भएकोले पनि संगठनकै हिस्साबाट मैले हाम्रा त्रुटिहरु प्रति नेतृत्व,कार्यकर्ता, शुभचिन्तक र पत्रकारहरुसँग माफि माग्नुलाई अन्यथा नलीई दिनुहुन अग्रज,बर्तमान अध्यक्ष र सम्पूर्ण साथीहरुमा आग्रह गर्दछु ।”

सापकोटाले नयाँ कार्यसमिति प्रति इंकित गर्दै जितको उन्मादले आफ्ना गल्ती, आवेग ,आक्रोस र असहज अवस्थालाई बिर्सनु  दुस्खद पक्ष भएको भन्दै टिप्पणी समते गरेका छन्। “पत्रकारलाई औपचारिक आमन्त्रण गरी सम्मान पुर्वक पर्यबेक्षण गर्न  बोलाइनु नियम संगत तर्क हो र निर्वाचन मण्डलबाट हतारमा त्रुटी देखियो र मत गणनास्थलमा प्रवेश समेत नदिएको भन्ने कुराले सबैलाई दुखी बनाउनु स्वाभाबिक नै हो तर यो  संगठनको नियत होईन,यसैले व्यक्तिगत आवेग सम्झी,जिम्मेवारीपूर्वक आफ्नो निर्णयमा पुनर्बिचार गरि दिनुहुन पत्रकार महासंघ युरोप शाखालाई बिनम्र आग्रह गर्दछु ।” माधव सापकोटाले लेखेका छन्।

यसैबीच पत्रकार महासंघ युरोप शाखाले घटनाबारे अझै पनि जनसम्पर्क समिति बेल्जियम  मौन रहेमा केहि दिन भित्रमा नै अर्को बैठक बस्ने तयारी गर्दैछ। सो समय सम्ममा पनि कुनै सुनुवाई नभए, निश्चित अबधि तोकेर नै समितिलाई बहिष्कारको निर्णय सम्म पुग्ने देखिएको छ। यो बारे केन्द्र तथा विदेश स्थित शाखालाई समेत पत्राचार  र घटनालाई अन्तराष्ट्रीयकरण गर्ने युरोप शाखाले तयारी थालेको छ। 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %