“अर्ली भाई”को विमोचन काठमाण्डौमा ! (श्रब्य / दृश्य सहित)

Read Time:4 Minute, 11 Second

राज्यसत्ता,

चैत्र १३, काठमाण्डौ – साहित्यकार चिमखोले काँइलाको कथासंग्रह “अर्ली भाई”को एक समारोहको विच विमोचन गरिएको छ । सनिबार काठमाण्डौ स्थित नाँचघरमा एक समारोहको विच कथा संग्रह “अर्ली भाई”को विमोचन गरिएको हो । कथा संग्रह “अर्ली भाई”मा अर्ली भाइ, शान्तीको जिन्दगी, ठुलो भुल, मेजर पेन्सन खाउली, लाहुरेको सपना, मनकी रानी रजनी, रवीन भान्जा, कान्छीको जिन्दगी, फुलमती र निरुता भान्जी गरी जम्मा १० वटा कथाहरु समेतिएका छन् ।

{youtube}https://youtu.be/WzrAhgVFUCE{/youtube}

 

एभरेष्ट टाइम्सको आयोजनामा सम्पन्न विमोजन समारोहमा कथा संग्रह “अर्ली भाई”को समिक्षा गर्दै साहित्यकार दयाकृष्ण राईले यस कथा संग्रहमा रहेका कथाले बेलायतमा र विशेष गरी लाहुरे नेपाली समुदायका घटनाक्रमलाई समेटिएको भन्दै हाम्रो नेपाली समाजमा अहिले पनि यौन र यस संग यौन साहित्यका बारेमा मुख खुम्च्याउने अवस्था रहेपनि यस कथा संग्रहमा भने यौनलाई कलात्मक रुपमा प्रस्तुत गरिएको बताउनु भयो ।

  

त्यस्तै समारोहलाई सम्वोधन गर्दै सहित्यकार तथा जित बहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानका सन्जोक लाफा मगरले २ सय वर्षको इतिहास बोकेको गोर्खाली सेना हामीले नचाहे पनि नेपाली लाहुरेको संस्कृति बनेको भन्दै त्यहाँको रहन सहन,संस्कृति, वातावरण, नियम कानुन र ति कुराहरु नबुझ्दा र मोजमस्तीले भोग्नु परेको पिडालाई कथामा समेटिएको बताउनु भयो । त्यस्तै पल्टन भित्रको अमुर्त घटना र सुन्दर भविष्यको लागी पेन्सनर जेष्ठ नागरिक संगको अनमेल विवाहलाई कथामा दर्शाइएको भन्दै यो कथा पद्दा पल्टने जिवन भोगेकाहरुले ति पात्रहरु आफै भएको अनुभुती गर्नेपनि बताउनुभयो ।

 

यसैगरी समारोहमा बोल्दै साहित्यकार दुत गर्बुजा पुन (चिमखोले काँइला)ले आफु साहित्यमा लाग्नको लागी साहित्यकार सन्जोक लाफा मगर प्रेरणा रहेको भन्दै उहाँ लगाएत सम्पुर्ण सहयोगीहरुलाई धन्यबाद दिनुभएको थियो । कार्यक्रममा प्रमुख अतिथी आदिवासी जनजाती उत्थान राष्ट्रिय प्रतिष्ठानका  उपाध्यक्ष चन्द्र बहादुर गुरुङ, समारोहका सभाध्यक्ष बरिष्ठ पत्रकार खिम घले र पत्रकार महासंघका महासचिव उजिर मगरले शुभकामना व्यक्त गर्नुभएको थियो ।

{facebook}1224961394220053{/facebook}
फोटो: संजय सिंजाली मगर 

 यसैगरी हिँजै सहित्यकार दुत गर्बुजा पुन (चिमखोले काँइला)द्धारा लिखित मेजर पेन्सन खाउली चलचित्रको पनि प्रदर्शन गरिएको छ । मुनाल फिल्म प्रा.ली.को प्रस्तति रहेको भु.पु. गोर्खा सैनिकहरुको जीवनमा आधारित समाजिक कथानक चलचित्र मेजर पेन्सन खाउलीमा अभिनेत्री रन्जिता गुरुङ र गोरे गुरुङ लगाएतको अभिनय रहेको छ । गोरे गुरुङद्धारा निर्देशित चलचित्रलाई निर्माण भने कथाकार दुत पुन (चिमखोले काँइला), जमुना पुन र गोरे गुरुङले नै गर्नुभएको छ । चलचित्रको छाँयाङकन विरे गुरुङ र प्रकाश गुरुले गर्नुभएको हो ।

 

 

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %