शोभा आले मगर
पितृसत्तात्मक देश, अनि कुसंस्कारको बाहना ।
कस्को पो हुन्छ यहाँ, दासी बन्ने चाहना ।
बाउ आमाकै इज्जत धान्न, सहेकी छिन दुखहरु
बिचरा भन्दै लोपा, खुवाउने अचेलको जमाना ।
खस्छ आँसु रातैभर, बिछ्याउना भिज्ने गरि ।
सक्दिन केही गर्न, आँसु नझरे हुन्थ्यो भन्ने भावना ।
पिडै पिडामा रुम्मलिएकी छौ नितान्त तिमी
खै कसरी दिउ तिमीलाई नारी दिवसको शुभकामना ??