नारी दिवसको शुभकामना(गजल)

शोभा आले मगर


Image may contain: 1 person, smiling, glasses and close-up








पितृसत्तात्मक देश, अनि कुसंस्कारको बाहना ।
कस्को पो हुन्छ यहाँ, दासी बन्ने चाहना ।

बाउ आमाकै इज्जत धान्न, सहेकी छिन दुखहरु
बिचरा भन्दै लोपा, खुवाउने अचेलको जमाना ।

खस्छ आँसु रातैभर, बिछ्याउना भिज्ने गरि ।
सक्दिन केही गर्न, आँसु नझरे हुन्थ्यो भन्ने भावना ।

पिडै पिडामा रुम्मलिएकी छौ नितान्त तिमी
खै कसरी दिउ तिमीलाई नारी दिवसको शुभकामना ??