रूद्र श्रीसमगर
पोखरा, फागुन १९ – गीतकार रुबेन पुनमगरको सालैजो गीत ‘हितैको सोल्टिना’ले यतिबेला बजारमा चर्चा बटुल्न थालेको छ । युट्युबमार्फत् सार्वजनिक सो सालैजो गीतको शब्द रुबेनले तयार पारेका हुन् भने लय गायक नवीन रानामगर स्वयंले तयार गरेका हुन् ।
टाइगर्स फिल्मस् प्रालिले बजारमा ल्याएको सो सालैजो गीतको म्यूजिक भिडियोको सम्पूर्ण छायाड्ढन बागलुङको तंग्राम–९, फापरखेतमा गरिएको हो । दानबहादुर श्रीसले छायाड्ढन र सम्पादन गरेको सो म्यूजिक भिडियोको निर्देशन गोविन्द पुनमगरले गरेका हुन् ।
म्यूजिक भिडियोमा गोविन्द पुनमगर र करुणा पुनमगरले मोडलिङ गरेका छन् । यस सालैजोमा गायक नवीन रानामगर र गायिका तारा श्रीसमगरले स्वर दिएका छन् । गीतकार रुबेनले थुप्रै आधुनिक एवं पूर्वेली लोकगीत समेत लेखेका छन् ।