मनोज घर्ती मगर
पोखरा, पाल्गुन १८ – १३ औं पश्चिमाञ्चल क्षेत्रीय औद्योगिक व्यापार मेला तथा लेखनाथ महोत्सवको विशेष आकर्षणको रुपमा रहेको गण्डकी तारा–२०७३ को उपाधि यामबहादुर नेपालीले जितेका छन् ।
उनले ५० हजार रुपैंयाँ, गिफ्ट ह्याम्परका साथ विभिन्न पुरस्कार पाए । उपाधिसँगै यामले पुरस्कार स्वरुप संगितकार बसन्त सापकोटाको सहयोगमा एउटा गीत रेकर्ड गराउने पाउनेछन् । गण्डकी ताराको उपविजेता सोनुकुमार विक भए । उनले २५ हजार रुपैंयाँ पुरस्कार पाए । यस्तै प्रतियोगितामा उमा चौधरी तेस्रो हुँदै १० हजार रुपैंयाँ पुरस्कार पाइन् ।
कास्कीको तालचोकमा ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि’ भन्ने मूल नारासहित माघ २७ देखि फागुन ८ गतेसम्म महोत्सव चलेको थियो । महोत्सवमा विभिन्न बस्तु तथा सेवाहरुका ३ सय भन्दा बढी स्टलहरु राखिएका थिए । यस अघि लेखनाथको भण्डार ढिकमा चल्दै आएको महोत्सव त्यहाँ रंगशाला बन्न थालेपछि तालचोकमा सरेको थियो । पहिलो लेखनाथ महोत्सव पनि तालचोकै भएको थियो ।