मनोज घर्ती मगर
पोखरा, पाल्गुन १८ – अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज गण्डकीले प्रथम स्थापना दिवसका अवसरमा स्रष्टा सम्मान गरेको छ ।
संस्थाले वरिष्ठ संस्कृतिकर्मी चेतन कार्कीलाई अभिनन्दन, नेपाली मुक्तकलाई अंग्रेजी भाषामा प्रकाशन गर्ने मुक्तककार तीर्थराज अधिकारीलाई मुक्तकमणि उपाधि र नेपाल मुक्तक प्रतिष्ठान नेपालका अध्यक्ष रामकाजी कोनेलाई विशेष सम्मान गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि अनेसास केन्द्रीय समितिका वरिष्ठ उपाध्यक्ष राधेश्याम लेकालीले पुष्पा अर्पणसहित दोसल्ला र ताम्रपत्रले तीन स्रष्टालाई अभिन्नदन तथा सम्मान गरे । सो अवसरमा संस्थाको आधिकारिक वेवसाइट डब्लुडब्लुडब्लु आइएनएलएस गण्डकी डट ओआरजीको पनि प्रमुख अतिथि लेकालीले शुभारम्भ गरेका थिए ।