अमेरिकाको न्युयोर्क मा ३५ औ मगर दिवस सम्पन्न

 

दिल प्रसाद थापा


Image may contain: 18 people, people standing, people sitting and indoor

न्युयोर्क, फेब्रुअरी 27 – अमेरिकाको न्युयोर्क मा ३५ औ मगर स्थापना दिवस मगर संघ अमेरिका न्युयोर्क च्याप्टरले नेपाल आदिबासी जनजाती महासंघ अमेरिकाको कार्यलयमा एक समारोह आयोजना गरि मनाएको छ ।

मगर संघ अमेरिका न्युयोर्क च्याप्टरका अध्यक्ष सुमन पुन मगर को सभापतित्वमा भएको समारोहमा नेपाल मगर सघका केन्द्रीय सस्थापक अध्यक्ष स्वो. हेम बहादुर पुन मगर को तस्बिरमा खादा अर्पण गरि उद्घाटन कार्यक्रममा प्रमुख अतिथि नेपाल आदिबासी जनजाति महासंघका उपाध्यक्ष मङल दास श्रेष्ठले गर्नु भएको थियो ।

Image may contain: 3 people, people sitting, table and indoor

कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष यम पुन मगरले गरेका थिए भने प्रमुख अतिथी मङल दास श्रेष्ठ, मगर संघ अमेरिका महासचिव मान बहादुर राना मगर, फिन्पाका माहसचिव प्रेम गुरुङ, संघीय परिसद सभाध्यक्ष बिनोद पोमो, एन आर एन न्युयोर्क च्याप्टरका अध्यक्ष तेम्बा शेर्पा, एडवानका अध्यक्ष बिस्नुमाया परियार, फिन्पाका कोषाध्यक्ष कुलदिप राना मगर, युएस नेपाल अनलाईन डटकम का प्रमुख सम्पादक प्रदिप परियार थापा मगर, एनआर एन न्युयोर्क कोडिनेटर पूनम राना मल्ल, धोक्प्या समाज अमेरिकाका अध्यक्ष लाम्साङ धोक्प्या, नेपाली अमेरिका कलाकार संघ अध्यक्ष सुमन बुढा मगर, जनसम्पर्क न्युयोर्क का महासचिव महेश मल्ल उपस्थित अतिथीहरुले ३५ औ मगर स्थापना दिवसको सुभकामना दिएका थिए ।

कार्यक्रममा वक्ताहरुले स्थापना दिवसको धरातलमा रहेर मगरात पहिचान, प्रथम सहिद लखन थापा मगर घोषण बैधानिक दिने, मगर भाषा, भेषभूषा संरक्षण गर्न सकक्षम भएको औल्याएका थिए । उक्त दिनले मगरहरु मा एकताको सन्देश दिएको भन्दै अन्य संघ सस्थाले पनि मगरहरु बाट सिक्न पर्ने बताएका थिए ।

कार्यक्रम मगर संघ न्युयोर्क च्याप्टर सचिव दिपक बाराकोटी मगरले संचालन गरेका थिए ।

{facebook}1201059179943608{/facebook}
फोटो: दिल प्रसाद थापा

 फोटो हेर्न यस लिङ्क थिच्नुहोस् ।

अमेरिकाको न्युयोर्क मा ३५ औ मगर दिवस सम्पन्न(केहि फोटो झलक)