कतारमा नेपाली महिला समाजको दोस्रो अधिवेशन सम्पन्न

Read Time:5 Minute, 22 Second

कृष्ण सारू मगर


Image may contain: 17 people, indoor

दोहा-कतार, फेब्ररी १९ – फेब्रुअरी नेपाली महिला समाजको चाहना ! एकता र सह्योगको विशुद्ध समाजिक भावना भन्ने उद्धेश्यका साथ स्थापित नेपाली महिला समाजले सनैया स्थित रोटाना रेष्टुरेन्टको सभाहलमा १५ सदस्यीय कार्यसमितिको चयन गर्दै दोस्रो अधिवेशनलाई भब्य सम्पन्न गरेको छ ।

अध्यक्षमा सुस्मिता भुसाल निर्विरोध चयन भएकी छन् । प्रथम उपाध्यक्षमा अमिन खान, द्धितिय उपाध्यक्ष जानुका बस्नेत (खड्का) महासचिव अम्बिका खत्री, सचिव ईशोरा थापा मगर रहेकी छिन । कोषाध्यक्षमा मिना गैह्रे, सह-कोषाध्यक्ष हिलारी तामाङ राईले पाएकी छन् ।

क्रमशः जानुका मगर, वाहिदा खातुन, सीता राई, अनु राई, कबिता तुम्बापो नेम्वाङ, शर्मिला भण्डारी, सानू थापा र शर्मिला जोशी सदस्यमा रहेका छन् ।

तिर्थसंगम राईको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन समिति गठन भएको थियो । वरिष्ठ समाजसेवी कमलमणि गुरागाई, तिल बिक्रम थेबे लिम्बू, डम्बर लिवाङ, र विरेन्द्र कु. याक्थुम्बा लिम्बू रहेका थिए । बन्द सत्रको शून्य समय राख्दै दर्ता भएका दोस्रो अधिवेशनको पदाधिकारी दावेदारको उमेदवारी नपरे पश्चात् अध्यक्ष पदमा सुस्मिता भुसाललाई निर्वाचन समितिका संयोजक राईले निर्विरोध चयन भएको घोषणा गरेको हो ।


Image may contain: 11 people, people sitting and indoor

प्रमुख अतिथिमा गैर आवासीय नेपाली संघ समन्वय परिषदका अध्यक्ष विनेश तामाङ रहनु भएको थियो । विशेष अतिथि, नेपाल प्रवासी आदिवासी जनजाति महासंघका का.बा. अध्यक्ष लिलम चिदी मगर, प्रमुख सल्लाहकार सियाराम चौधरी, मानर्थ सदस्य तिल बिक्रम थेबे लिम्बू, राष्ट्रिय जनमुक्ति मंचका अध्यक्ष राज खम्बु, खालिङ्ग राई, प्रवासी नेपाली मंचका अध्यक्ष रामहरि गैह्रे, संघिय लिम्बुवान मंचका देउ कु. नेम्वाङ लिम्बू, सन्ध्या ग्रुपका अध्यक्ष बिरेन्द्र कु. याक्थुङ्बा लिम्बू, नेपाली जनसम्पर्क समितिका अबुर अली, मुस्लिम सेवा समाजका अब्दुल हसिम, नेपाली जनप्रगतीशिल मञ्चका मोहन केसी, समाजसेवी कमल मणि गुँरागाई, तमु (गुरुङ) समाजकी टौमाया गुरुङ, व्यवसायी अम्बिका खत्री, मगर समाजकी गायित्री थापा मगर लगायत अन्य विशिष्ट ब्याक्तित्व रहेका थिए ।

अन्य विभिन्न संघ, संस्थाका प्रमुख तथा प्रतिनिधि, स्थानीय पत्रकार समाजसेवी बुद्धिजीवीहरूको बाक्लो उपस्थिति रहेको थियो ।

सोही कार्यक्रममा महिला समाजलाई सह्योग गरेका झण्डै ७ दर्जन सह्योगदातालाई प्रमुख अतिथि, विशेष अतिथि, सभाध्यक्षको सह्योगमा समाजले सम्मान-पत्र प्रदान गर्दै सम्मान गरेको हो ।

कोषाध्यक्ष सुस्मिता भुसालले आर्थिक प्रतिवेदन सार्वजनिक गर्दै, नवनिर्वाचित अध्यक्षलाई हस्तान्तरण गरेको हो । महासचिव जानुका बस्नेत खड्काले प्रगति विवरण सार्वजनिक गरेकि हुन् ।


Image may contain: 11 people, indoor

कार्यक्रमलाई सम्बोधन गर्दै, प्रमुख अतिथि तामाङले नवगठित कार्य समितिलाई अग्रिम शुभकामना दिँदै रोजगारीका शिलशिलामा कतार स्थित रहेका आम महिलाको विविध समस्या र समाधानका लागि अग्रजहरूको सुझाव सल्लाह, परामर्श लिई सम्पुर्ण महिला मुक्ति र न्याय अधिकारका लागि महिलाहरू एकजुटमा जोड दिनु पर्ने । पुरानो कार्यसमितिले हरेक संघ, संस्था संग, समन्वय, सहकार्य, तथा भातृत्व एकता गरि दोस्रो अधिवेशनलाई सौहार्दपुर्ण वातावरणमा सम्पन्न गराउन सफल भएकोमा हार्दिक बधाई दिनु भएको थियो । यसै गरि अन्य वक्ताहरूले आ-आफ्नो धारणा राख्दै अग्रिम बधाई तथा शुभकामना दिएका थिए ।

समाजकी प्रथम उपाध्यक्ष अमिना खानको स्वागत तथा महासचिव जानुका बस्नेत (खड्काको संचालमा संपन्न कार्यक्रमको सभापति रेखा राईले गर्नु भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %