शान्तिराज राई
फाल्गुन, काठमाडौँ ७ – गीतकार आलोक चाम्लिगं राईको गीत जय जय नेपालको भिडियो सार्वजनिक भएको छ । प्रवासमा रहेर पनि गीत संगीतमा सक्रिय राईका राष्ट्रिय भावनाले ओतप्रोत सृजना गायक सिडी बिजय अधिकारी र मनिषा राईले स्वरबद्ध गरेको गीतमा नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालदेखि, सरोज खनाल, सरिता लामिछाने, एलिसा राई, लगायत कलाकारिता, पत्रकारिता, गीत संगीतमा सक्रिय दुई दर्जन बढीको अभिनय देख्न सकिन्छ ।
युट्युबमा हेर्न यो लिंक थिच्नुहोस् :
{youtube}https://youtu.be/S-TjHiZYocI{/youtube}
विशुद्ध राष्ट्र प्रति बफादार रहेर रचना तथा भिडियो कलात्मक रुपमा प्रस्तुत गरिएको छ । पछिल्लो समयमा अश्लीलता भित्रीएको नेपाली संगीत बजारमा जय जय नेपालले मनोरञ्जन, रास्ट्रभावना, आत्मीयता थप्ने गितकार आलोक चाम्लिङले जनाएका छन । पछिल्लो समयका ब्यस्त अनि चर्चित निर्देशक सशान कँडेलले निर्देशन गरेको भिडियोमा सिर्जन बरालको कोरियोग्राफी रहेको छ । भिडियोलाई उत्सब दाहालले छायांकन गरेका हुन् भने निशान घिमिरेले सम्पादन गरेका हुन् । राजिव सिंहले एरेन्ज गरेको गीतको अडियो सिडिएम म्यूजिक क्रियशनले तयार गरेको हो ।