भोजपुर समितिले अग्नि पिडित सहयोगार्थ साँस्कृतिक कार्यक्रम गर्ने

Read Time:2 Minute, 5 Second

कृष्ण सारू मगर


Image may contain: 4 people, text

मानमा-बहराईन,  फेब्रुअरी १८ – भोजपुर हातेमालो सेवा समिति बहराइनले अग्नि पिडितको सहयोगार्थ यही आउँदो १४ अप्रिल सुक्रबारका दिन मनमा स्थित डेलमोन इन्टरनेश्नल होटलको प्राङ्गणमा “नयाँ वर्ष साँस्कृतिक साँझ २०७४” कार्यक्रम गरि मनाउने भएको छ ।

राष्ट्रिय कलाकारहरु लोक तथा आधुनिक गायक शम्भु राई, पप तथा आधुनिक गायिका आभा मुकारुङ, नृत्यङ्गना छिरिंग शेर्पा, हास्यकलाकार तथा उदघोषक राजा राजेन्द्र पोखरेललाई समितिले उक्त कार्यक्रमका लागि निमन्त्रणामा गरको छ ।

गएको २० नोभेम्बर २०१६ का दिन अकस्मात भिषण आगलागीले भोजपुर बजार केन्द्रित क्षति भएका दुई दर्जनभन्दा बढी घर परिवारलाई प्रतक्ष राहत पुर्‍याउने हेतुले यो साँस्कृतिक कार्यक्रमको आयोजना गरेको समितिकी प्रमुख सल्लाहकार निर्मला तामाङले बताए ।

स्रोतका अनुसार समितिले आयोजना गरेको यो पहिलो साँस्कृतिक प्रस्तुति हो । प्रवेश शुल्क सह्योगार्थ संकलित रकमलाई अग्नि पिडितका लागि प्रयोग हुने समितिका अध्यक्ष निमा च्यङ्बा शेर्पाले बताए । उक्त कार्यक्रमलाई भब्य र सभ्यरूपमा सम्पन्न गराउन निमा च्याङ्बा शेर्पाको संयोजकत्वमा सुन्दर गुरुङ, हरि गुरूङ र प्रकाश केसीलाई समितिमा चयन गरेको छ  ।

नोट: विष्तृत जानकारीका लागि पोष्टरमा उल्लेखित नं-मा सम्पर्क गरि प्रतक्ष लाभ लिनुहोस् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %