भुकम्पले ध्वस्त विधालयका भवन निर्माणका लागि सह्योग अपिल

Read Time:5 Minute, 5 Second

कृष्ण सारू मगर


No automatic alt text available.

पाल्पा, फाल्गुन ३ – सिलुवा-पाल्पा फाल्गुन ३ पुर्वी पाल्पाको विकट सिलुवा गाविस २ अन्तर्गत पर्ने २०२० मा स्थापित श्री अकला निमावि तामाखानी विधालयलाई गएको १२ र २९ वैशाख २०७१को प्राकृतिक प्रकोप भुकम्प र पटक-पटक आएको पराकम्पन बाट क्षति भै जिर्ण अवस्थामा रहेको उक्त भवनलाई स्थानीयवासीका सह्योग लिएर स्कुल ब्यावस्थापन समितिले निर्माणकार्य अगाडि बढाएको छ ।

स्रोतका अनुसार पाल्पाको विभिन्न स्थानको स्थलगत भ्रमण पश्चात नेरू १७,५०,०००/- (अक्षरूपी) सत्रलाख पचास हजार रूपैयाँ समाजसेवीका रूपमा परिचित (ओके बाजे) “काजु मासा काकीमी” जापानी नागरिकले विधालय निर्माणका लागि उक्त रकम सह्योग प्राप्त गरेको विधालय ब्यावस्थापन समितिका अध्यक्ष नोक ब. जर्घा मगरले जनाएको छ ।


Image may contain: one or more people, people standing, mountain, outdoor and nature

यसैगरी स्व. बाबा दलसुर तथा स्व. आमा भोकमायाँ नेपालीको स्मृतिको लक्षित गरी पुर्ण नेपालीले ब्याक्तिगत तथा सह्योग लिएर नेरू १,३२,००० नगद  तथा जिन्सी सामाग्री १ सेट कम्प्युटर प्रदान गरेका थिए । अर्का चेत ब. राज थापा मगरले १,०५,०००/- नगद प्रदान गरेका द्वय सह्योगदाता हाल (बेलायत) युके बस्दै आएका पुर्व विधार्थी हुन् ।

विधालयको परिसर वरिपरि आफ्नो जमिन नभएको कारण स्कुललाई भुकम्प प्रतिरोधात्मक पक्की भवन निर्माण गर्नु पर्ने भएकोले विधालयलाई आवश्यक पुर्वाधार निर्माणका लागि थप रकम जोड्न समितिलाई हम्मेहम्मे परेको स्थानीय गाउँका बुद्धिजीवी समाजसेवीहरू बताउँछन् ।


Image may contain: one or more people, people standing, mountain, outdoor and nature

सोही स्कुलका एक प्राध्यापक धन ब.हिस्की मगरले भने, भारतको मुम्बई, मलेसिया र कुवेतमा कार्यरत पुर्व अध्यनरत विधार्थीहरूले केही सह्योग तथा संकलन अभियान जारी रहेकोले यो सममचार तैयार पार्दा सम्म कहि, कतै बाट उपलब्धि हात नपारेको राज्यसत्ता डटकमका संवाददाता कृष्ण सारू मगर संगको टेलिफोन संवाद बाट जानकारी प्राप्त भएको हो ।

रोजगारीका शिलशिलामा मलेसिया पुगेका एक पुर्व विधार्थी नवीन सुर्यवंसी मगर भन्छन् । हामीले जुन विधालय बाट आँखाको पहिलो ज्योति खोलियो सोही स्कुललाई भुकम्प तथा पराकम्पन बाट ध्वस्त भयो आज पनि सम्झिदा आङ्ग जिरिङ्ग हुन्छ । अनि सोचाइमा गहिरिन्छु । ती स-साना बालबालिकाहरूका देशका कर्णधार युवा हुन् । उनिहरूको भविष्यलाई भए पनि धेरै थोरै  रकम जम्मा गरी विधालय निर्माणका लागि आफुले चिने जानेका साथी भाई संग आफ्नो दक्ष अनुसारको सह्योग संकलन अभियान जारी रहेको बताएका छन् ।


Image may contain: outdoor









अभियान्ता सदस्य नवीन सुर्यवंसी मगरलाई सोधेको प्रश्नमा भन्छन् । आ-आफ्नो गक्ष अनुसार सह्योगी दाताहरूको नामावली सहित चुस्तदुरुस्त https://m.facebook.com/story.php story_fbid=1179277858838085&id=1017625881669951 पेज बाट क्रमशः सार्वजनिक गर्नुका साथै विधालयको अभिलेख सुचिमा पनि सुरक्षित रहने अर्का अधियन्ता सदस्य धनु जर्घा मगरले बताए ।

मलेसियाका लागि सम्पर्क नं- ००६०१०८८५६५०८
नवीन सुर्यवंसी जोहर- (+60108856508)
गोपाल ज्ञवाली सम्पर्क नं- ००६०१६७६०५०१३
(+60167605013)
कुवेतका लागि संपर्क नं- ००९६५५०४२९८५८
आम बहादुर सुनाखरी मगर- (+96550429858
(+96550429858)
भारत (मुम्बई) संपर्क नं- ००९१९६१९५३५७७८
धनु जर्घा मगर- (+919619535778)
नेपाल (पाल्पा) संपर्क नं- ००९७७-९८४७२२२०६९
धनवीर हिस्की मगर- (+9779847222069)
कृष्ण पंगेनी- ००९७७-९८४७३३४३५३
(+9779847334353)

गरिमा बिकास बैंक शाखा पाल्पा तानसेन स्थित संयुक्तरूपमा खोलिएको खाता नं ००६०१९००५८८१९०००००१ सह्योग रकम जम्मा गर्न सक्नु हुने छ ।

नोट:आवश्यक थप जानकारीका लागि निम्न माथि उल्लेखित नं- मा संम्पर्क गर्नुहोस् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %