कृष्ण सारू मगर
युएई, फेब्रुअरी १३ – नेपाल मगर संघ शाखा युएईले यहि आउँदो २४ फेब्रुअरीका सुक्रबारका दिन ” पट्ट मगरको काट ठलाङ्ग झोरकिङ्ग ! लहु ढुट, लहु अक्खारिका, ढरम र रोस होरकिङ्ग !!” भन्ने मुल नाराका साथ ऐतिहासिक ३५औं “मगर दिवस” कार्यक्रमलाई बरदुवई स्थित स्वीट इम्पेरियल होटलको सभाहलमा भब्य रूपमा मनाउने भएको छ ।
नेपाली मौलिक परम्परागत मगर कला तथा संस्कृति झल्किने विविध साँस्कृतिक प्रस्तुतिको साथमा स्थानीय कलाकारलाई राष्ट्रिय कलाकार चर्चित मोडल तथा नृत्यङ्गना अरूसी मगरको धमाकेदार प्रस्तुतिले भरपुर मनोरञ्जन गराउन नेपाल मगर संघको निमन्त्रणालाई स्विकार्दै युएईमा पुग्ने भएकी छिन ।
विशेष आतिथिका रूपमा संघले मगर तथा आदिवासीजनजाति समुदायका विविध विषयक सम्बन्धि शुभकामना आदान-प्रदान तथा जानकारी लिनका निमित्त उक्त कार्यक्रमको लक्ष रहेकोले नेपाल आदिवासी जनजाति महासंघका उपाध्यक्ष समेत रहेका नेपाल संघ केन्द्रीय अध्यक्ष नवीन रोका मगरलाई निमन्त्रणामा गरेको हो । संघका अध्यक्ष राजु सिङ्गजाली मगरले राज्यसत्ता डटकमलाई भने ।
” ईतिहास, भाषा, संस्कृति, संरक्षण-संवर्द्धन मगरहरूको मुल मन्त्र ! जातीय पहिचान र स्वायत्त शासन सहितको संघिय लोकतान्त्रिक गणतन्त्र !!” भन्ने मुल मन्त्रलाई अनुसरण गरि नेपाल मगर संघ शाखा युएईले “जहाँ मगर त्यहाँ मगर संघ” भन्ने उद्धेश्यका साथ २००५ मा स्थापित विशुद्ध संस्था हो ।
समाजिक अवधारणा बोकी स्थापित विभिन्न संघ संस्था, संगठनमा आवद्ध, समाजसेवी, बुद्धिजिवि, उधोग, ब्यवसायी, कलाकार तथा, खेलाडी एवं विभिन्न मिडियामा आबद्ध पत्रकारवन्धु लगायत समस्त गीत संगीत पारखी आदरणीय नेपाली दाजु-भाई तथा दिदी-बहिनीहरूमा उक्त ३५औं मगर दिवस तथा १४० औं लखन थापा मगर स्मृति दिवस कार्यक्रमलाई भब्य र सभ्य संपन्न गराउन गरिमामय उपस्थितिका लागि नेपाल मगर संघ केन्द्रीय समिति आयोजक परिवार हार्दिक निमन्त्रणा गरेको छ ।
नोट: विस्तृत जानकारीका लागि पोष्टरमा उल्लेखित सम्पर्क गर्नुहोस् ।