धनुसाको मगर बस्ति मधुबासामा देउताले पनि नमाने ढुंगामुडा गरि लखेटिन्छ !

Read Time:1 Minute, 50 Second

 

१५ मंसीर २०७३ , जनकपुर अञ्चलको धनुसा जिल्ल स्थित मधुबासामा मगर मात्रैको बस्ति रहेको छ । नेपाल मगर संघ केन्द्रिय समितिको चौथो पूर्ण बैठकको सिलसिलामा जानकी मन्दिीरको भ्रमण पश्चात मधुबासा घुम्ने अवसर मिल्यो ।

 

राणा चन्द्रसम्सेरको कारीन्दमा कार्यरत एक जना मगर जागीरको अवकास पछि आफ्नै रोजाईमा घनघोर जंगलको बिचमा गएर बस्ति बसालेका रहेछन । एक घर बाट सुरु भएको हाल आएर ७० धुरी भएको त्याहाका मुखियाको कथन छ ।

 

कम्यूनिजम सैलिमा मुखियाको आदेसमा हरेक काम कुरो जुनै सुकै अप्ठ्यारा कामहरु पनि फत्ते गरन्छि । जो सुकैको घरमा बिमारी भएमा लामा ल्याएर कबलाईन्छ , देउताले रगत खान खोजे वा देउताले पनि नमाने ढुंगामुडा गरि लखेटिन्छ ।

 

मधुबासा गाउ छिर्ने नजिकै गेटमा एउटा तालिम प्राप्त मैना चरी राखिन्छ । जस्का घरमा पाहुना आए पनि मैनाले भर्मी आयो भन्दै गाउलेलाई खबर दिन्छ । कस्को घरमा कति जना पाहुना आए अनि के कति खर्च भयो सबै गाउले मिले र तिरी दिने प्रचलन अझै रहेको मुखियाले बताए ।

(रोचक भिडियो हेर्न नभुल्नु होला) ।

{facebook}1187990064583853{/facebook}
फोटो:हुबिमगर
पुरा फोटो हेर्न तलको लिङ्क थिच्नुहोस:
धनुसाको मगर बस्ति मधुबासामा देउताले पनि नमाने ढुंगामुडा गरि लखेटिन्छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %