कतारमा जनमुक्ति मञ्चले “२६औ स्थापना दिवसलाई भब्य मनाए

राज खम्बु राई


Image may contain: 8 people, people sitting and people standing

दोहा-कतार, फेब्रुअरी ११ – जनमुक्ति मञ्च कतारले दोहा स्थित अम्वज रेस्टुरेन्टको सभाकक्षमा कार्यक्रम आयोजना गरी राष्ट्रिय जनमुक्ति पार्टीको २६ औ स्थापना दिवस मनाएका छन् ।

मंचका सचिव लीला दुमि राईको संचालन गरेको कार्यक्रममा सभापतित्व राज खम्बु (खालिङ) राईले गरेका थिए ।

एम.एस. थापाको अध्यतामा २०४६ सालमा बहुदलीय ब्यबस्थाको पुनर्बहाली पछि २०४७ स्थापना गरिएको पार्टी मूलतः संघीयता, धर्म निरपेक्षता, जातीय जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्व, अल्प-संख्यकको स्वायतत्ता जस्ता मूल मुद्दाहरू लिएर स्थापना भएको हो । अन्ततः यी मुद्दाहरू नै राज्यको मुल बहसको बिषय बनेको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै मंचका सल्लाहकार समेत रहेका प्रमुख आतिथि मन थापा मगर रहेका थिए । प्रमुख अतिथि थापाले लामो संघर्षको अन्तरालमा पहिचान सहितको संघीयता,समानुपातिक प्रतिनिधित्व,भ्रस्टाचारीलाई देशद्रोहीको कानुनी ब्यवस्था, महिला, सिमान्त्कृत, दलितहरुको लागि विशेष ब्यवस्था आदि जस्ता विविध मुद्दाहरुको उठान गरिरहदा ती मुद्दाहरुलाई जारी संविधानले पनि पुर्णरुपमा सम्बोधन नगरेको प्रति आक्रोशित मुद्रामा प्रस्तुत भएका उहाँले अधिकारहरुलाई संविधानमा लिपिबद्ध गराउन जोड दिनु पर्ने बताए ।

यसै गरी अतिथि केशव जि. एम, तोर्न लिम्बू, सन्तु राना मगर, सीप मगर, बुद्ध जि.एम र अमर मगरले भने, २६ औ स्थापना दिवस मनाइरहदा पार्टीको निरन्तर संघर्षरत रहने बक्ताहरूले धारणा राख्दै प्रतिबद्धता जनाउँदै २६ औ स्थापना दिवसको शुभकामना दिए ।

कार्यक्रमका सभापति राज खम्बु (खालिङ) राईले जब सम्म उत्पीडित जातीयहरु को मुक्ति हुदैन तब सम्म राष्ट्रिय जनमुक्ति पार्टी मुक्तिको लागि लडिरहने बताउदै, यो अपांग संविधानलाई अधिकारपूर्ण र जनताको संविधान बनाउनको लागि नेपालका आदिवासी जनजाती, दलित, मधेसी, महिला, सिल्पीहरुको अधिकारलाई संविधानमा तत्काल सम्बोधन गर्नुपर्ने धारणा राख्दै कार्यक्रम समापन भएको घोषणा गरेका थिए ।