प्रताप रानामगर
दमौली, माघ २९ – नेपालका प्रथम शहिद लखन थापा मगरको १४० औं स्मृति दिवसको अवसरमा तनहुँको दमौलीमा लखन स्मृति कप हुने भएको छ । नेपाल मगर विद्यार्थी संघ तनहुँको आयोजनामा यही माघ २८ देखि फागुन २ गते सम्म चौथो लखन स्मृति कप २०७३ हुने भएको हो ।
उक्त लखन स्मृति कप फुटबल प्रतियोगितामा अन्तर कलेज स्तरीय हुने मगर विद्यार्थी संघ तनहुँका अध्यक्ष सुजन थापामगरले जानकारी दिनुभयो ।
प्रतियोगितमा प्रथम हुने टिमले नगद २० हजार रुपैयाँ, शिल्ड, मेडल, प्रमाणपत्र, र द्धितिय हुने टिमले नगद १० हजार रुपैयाँको साथमा मेडल, प्रमाणपत्र वितरण गर्ने मगर विद्यार्थी संघ तनहुँका उपाध्यक्ष मिलन आले मगरले बताउनुभयो ।
फुटबल प्रतियोगितामा भिमाद, शुक्लागण्डकी नगरपालिका, भानु नगरपालिका, व्यास नगरपालिका र आबुखैरेनी नगरपालिकाका कलेजबाट १५ टिमको सहभागिता हुने मगर विद्यार्थी संघ तनहुँकी सचिव ऋतु आलेमगरले बताइन् ।
फुटबल प्रतियोगितालाईू सफल बनाउनका लागि मगर विद्यार्थी संघ तनहूँका अध्यक्ष सुजन थापा मगरको संयोजकत्वमा विभिन्न उपसमिति चयन समेत गरेको छ । खेलकुद उपसमितिको संयोजक बुद्ध थापामगर, आर्थिक उपसमितिको संयोजकमा विकास थापामगर, प्रचारप्रसार उपसमिति संयोजकमा सचिव ऋतु आलेमगर, स्वंसेवक उपसमितिको संयोजक उपाध्यक्षमा मिलन आलेमगर, अतिथि सत्कार उपसमितिमा संयोजकमा अनिता थापामगर चयन गरेको मगर विद्यार्थी संघ तनहुँले जनाएको छ ।
नेपालमा प्रजातन्त्र स्थापना गर्न शहिद लखन थापाको बलिदानको उच्च मूल्याकन गर्दै मगर विद्यार्थीसंघ तनहुँले २०७० सालबाट फुटबल प्रतियोगिता आयोजना गर्दै आइरहेको छ ।