कतारका नेपालीले अर्धचेत मगरका परिवारलाई आर्थिक सह्योग प्रदान

Read Time:3 Minute, 35 Second

कृष्ण सारु मगर


Image may contain: 1 person

दोहा-कतार, फेब्रुअरी  १० – चौखावाङ ९ रुकुमका विगत ९ महिना देखि कतारको रूमिल्ला अस्पतालमा उपचार गराईरहेका ललित बुढा मगरका बाबु राम ब. बुढा मगरलाई जनता आधारभुत विधालय गलम्पाटीका प्राधानाध्यापक चुडामणि रोकायको सह्योगमा नेरू एकलाख साठ्ठी हजार रकमलाई स्थानीय समाजसेवी, बुद्धिजीवी, तथा विभिन्न राजनैतिक दलका नेताहरूको उपस्थितिमा कतार बाट पठाएको रकमलाई एक कार्यक्रम गरि आर्थिक सह्योग प्रदान गरेको स्थानीय पत्रकार नरेन्द केसीले जानकारी दिए ।

स्रोतका अनुसार वैदेशिक रोजगारीका शिलशिलामा कतार स्थित टेक्निकल अल्युमुनियम कम्पनीमा २०१३मा आएका स्थाई घर चौखावाङ ९ रुकुमका ललित बुढा मगर कर्तब्य पालनाको क्रममा भवनको माथिल्लो तल्ला बाट स्काफोल्डिङको फलामको पाईप अकस्मात खसेर गम्भीर घाइते भएको हो ।

दुर्घटनाबाट गम्भिर घाईते भएका मगर हाल रूमिल्ला अस्पतालमा उपचार गराईरहेका छन् । अस्पताल सुत्रका अनुसार शल्यक्रिया पश्चात् सामान्य सुधार आएको बताए । टाउमा लागेर भुईमा बजारिँदा घाँटीको हड्डीमा गहिरो चोट लागेर गम्भीर घाइते भई अस्पतालमा पुर्याएको थियो ।

घाँटीको हड्डीमा विशेष उपकरण जोडिए पनि गम्भीर चोटका कारण अर्धचेत रहेका मगरले स्वयं १ इन्च पनि दायाँबायाँ गर्न नसक्ने र पुर्ण अचेत अवस्थामा रहेको नेपाली जनप्रगतीशील मञ्चले अध्यक्ष शनि कुमार ओलीले बताए ।

कानूनी उपचारको लागि लडिदिने भनेको कतारमा दुतावास नै हो । उक्त घटनाको सन्धर्वमा हामीले कुरा राखिसक्यौं । आश्वाशन दिएको स्रोतको दावी छ ।

वैदेशिक रोजगारीका शिलशिलामा विविध कारणले समस्यामा परेका नेपालीहरूको न्याय, अधिकार र उद्धारका लागि कानुनी पहल गरी समस्याको समाधान गर्नु नैतिक जिम्मेवारी प्राप्त नेपालीहरूका अविभाबक कुटनैतिक नियोग नेपाली दुतावासको दायित्व हो । ओलीले भने, कतार स्थित रुमिल्ला अस्पतालको बेड नं- २६६ सैयामा जीवन र मृतु संग संघर्षरत अर्धचेत बुढा मगरलाई यति बेला कानुनी न्याय र उनका आश्रित परिवारलाई आर्थिक तथा न्याय दुवै आवश्यकता रहेको बताए । विभिन्न भावनात्मक समाजसेवी ब्याक्तित्वहरूको सह्योगमा मञ्चका अध्यक्ष ओलीको पहलमा मंचले नेरू १ लाख ६० हजार जुटाउन सफल भएका हुन् ।

स्थानीय पत्रकार नरेन्द केसीको संचालनमा संपन्न कार्यक्रम भरत कुमार कठायतको अध्यक्षता गरेका थिए ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %