बहराईनमा तामाङ समुदायले २८५३औं सोनाम ल्होछार मनाए !

कृष्ण सारू मगर


बहराईन,  फेब्रुअरी ५ – तामाङ सेवा समाजले” ह्याङ्ला ग्योई ह्याङ्लान काअी, जाम्बुलिङरिन छार्ना लाअी ” भन्ने मुल मन्त्रका साथ परम्परागत मौलिक संस्कार संस्कृतिलाई संरक्षण-प्रवर्द्धनका लागि स्थापना काल देखि नै सोनाम ल्होछार राष्ट्रिय पर्वलाई विविध साँस्कृतिक कार्यक्रम गरि मनाउँदै आएको छ ।

तामाङ समुदायको साँस्कृतिक पर्व कार्यक्रमलाई सम्बोधन गर्दै, प्रमुख अतिथि, विषेश अतिथि लगायत बक्ताहरूले ” ज्या ल्हो ” (चरा वर्ग) २८५३ औं सोनम ल्होछारको शुभकामना दिएका थिए ।


Image may contain: 5 people, people standing and people dancing

राष्ट्रिय लोक तथा दोहोरी गायक नीर विरही राना मगर, विश्व विनोद, र अशिम महत संगको घम्सा-घम्सी दोहोरीमा नानी मायाँ परियार र सरिता दर्लामी मगरको प्रतक्ष प्रस्तुति तिते करेलीले बोलको गीतले दर्शक दिर्घमा निकै उत्साहित बनाउँदै मनोरञ्जन दिलाउन सफल भए । अन्य विभिन्न विधाका चर्चित कलाकारहरूको बेजोर्ड साँस्कृतिक प्रस्तुतिले उपस्थित गीत, संगीत पारखी श्रोता तथा दर्शक पाहुनागणलाई भरपुर मनोरञ्जन गराएको उक्त सोनम ल्होछार कार्यक्रमलाई संयोजन च्याङ्बा लामा तामाङले गरेका हुन् ।


Image may contain: 9 people, people smiling, people standing, people on stage, shoes and indoor

प्रमुख अतिथीमा नेपाली दूतावासका श्रम सहचारी जगदिस सिवाकोटी रहेका थिए । विशिष्ट अतिथिहरू नेपाली क्लवका अध्यक्ष कमल श्रेष्ठ, नेपाल आदिवासी-जनजाति महासंघका अध्यक्ष काजी थापा मगर, गैर आवासीय नेपाली संघका अध्यक्ष टंक बस्नेत, नेप्लिज वेलफेयर सोसाइटीका अध्यक्ष सालिकराम पन्त, नेपाली क्लवका संरक्षक समेत रहेका वरिष्ठ समाजसेवी गम ब. गुरुङ, नेपाली क्लवका प्रमुख सल्लाहकार समेत रहेमा ब्यावसायी तथा समाजसेवी दुर्गा गिरी रहेका थिए । विभिन्न जातीय, क्षेत्रीय, वर्गीय, धार्मिक, साँस्कृतिक संघ, संस्था संगठनका प्रमुख तथा प्रतिनिधि, एवं स्थानीय पत्रकार साथै विशिष्ट ब्याक्तित्वहरूलाई अतिथि ग्रहण गराएको थियो ।


Image may contain: 10 people, people standing

बहराईनको राजधानी मानमा स्थित ३ फेब्रुअरी सुक्रबारका दिन डेलमन ईन्टरनेश्नल होटलको प्राङ्गणमा ” च्या ल्हो” नयाँ वर्ष २८५३ औं ल्होछार कार्यक्रमलाई भब्य सभ्य सम्पन्न गराउन आर्थिक, भौतिक, नैतिकरूपमा सह्योगी विभिन्न संघ, संस्था, कलाकार, समाजसेवी, दाताहरूलाई प्रमुख अतिथि, विशेष अतिथि, कार्यक्रमका सभापतिको सह्योगमा समाजले आगामी दिनहरूमा पनि यसरी नै सह्योगको अपेक्षा गर्दै क्रमशः सबैलाई स-सम्मान कदर पत्र प्रदान गर्दै सम्मान गरेको हो ।

समाजका महासचिव सोनम दोङ तामाङको स्वागत तथा कोषाध्यक्ष अनिल योञ्जन तामाङको संचालनमा सम्पन्न कार्यक्रमको सभापतित्व समाजका अध्यक्ष श्रवण मिक्चन तामाङले गरेका थिए ।