कतारमा “तमु प्ये ल्हु संघ”ले चेलीबेटीलाई भेटघाट तथा सम्मान गर्यो !

Read Time:5 Minute, 27 Second

कृष्ण सारू मगर


Image may contain: 22 people, people smiling, people standing

कतार, फेब्रुअरी ४ – तमु जातिहरूको दोस्रो महान पर्व रि-च्हमी कै पिबा (चेलीबेटी भेट) तथा सम्मान कार्यक्रम दोहाको मदिना खलिफा स्थित रोतना सभाहलमा “तमु प्ये ल्हु संघ”ले विशेष कार्यक्रम गरि भब्य मनाएका छन् ।

“शास्त्र रहे संस्कार रहन्छ, संस्कार रहे संस्कृति रहन्छ, संस्कृति रहे परम्परा रहन्छ, परम्परा रहे मानिसको अस्तित्व रहन्छ ” भन्ने मुल मन्त्रलाई आत्मासाथ गरि कार्यक्रममा छोरी, चेली पक्षले विभिन्न पदार्थ बाट तैयार बनाएका खाने/पिउने परिकारलाई जन्मघरका छोरी/चेली बिच “आमा” को अन्तर संवन्धका केही महत्त्वपूर्ण विषयमा तौ मायाँ तमुले र ईशा तमुले “रि-च्हमी कै पिबा” का बरेमा नेपाली भाषामा अनुवाद गर्दै उपस्थित गैर तमु पाहुनागणलाई विविध विषयमा प्रष्टाउँदै जानकारी दिए ।


Image may contain: 8 people, people sitting, table, indoor and food

नेपाल प्रवासी आदिवासी-जनजाति महासंघका प्रमुख सल्लाहकार समेत रहेका समाजसेवी सियाराम चौधरीले कतारमा स्थापित तमु समुदाय बिचको अन्तर संवन्ध प्रगाढ राख्न अत्यन्तै जरुरी रहेको धारणा राख्दै, भाषा, धर्म, साँस्कृतिक पहिचानलाई मानव जीवनको अस्तित्व नामेट गर्ने विभेदकारी राज्यसत्ताको तथ्यांकले देखाए अनुसार २०६८ को प्रतिवेदनका आधारमा ५,२२,६४१ जनसंख्या छन् । ३,२५,६४२ गुरूङले मात्रै मातृभाषालाई प्रयोगमा ल्याएको अवगत गराएका उहाँले । लोप हुन लागेको मातृ भाषालाई संरक्षण-प्रवर्द्धनका लागि विषेश जोड दिनु पर्ने बताए । महासंघका कोषाध्यक्ष तेज मोक्तान तामाङले माईती र चेली बीचको आदर सत्कार कार्यक्रमले समाजमा समाजिक तथा साँस्कृतिक परम्परागत सभ्यताको विकासमा जुटेकोले यसलाई निरन्तरता दिनु पर्ने बताए ।


Image may contain: 12 people



प्रमुख अतिथि गुरूङले आफू स्वंम आदिवासी-जनजातिका सन्तति भएकोले तमु समाजको विकास तथा शैक्षिक रूपान्तरणको लागि ब्याक्तिगत तन, मन वचन र कर्मले सह्योग गर्ने प्रतिबद्धता सहित नेपाली मौलिक कला संस्कृतिको लागि संघ बाट पनि सक्दो पहल गर्ने जनाउँदै शुभकामना दिए ।

मन्तब्यको क्रममा तमु (गुरूङ) समाजका खेम गुरूङले केही ब्याक्तिहरूको ब्याक्तिगत आश्थाको कारण तमुहरूमा धुर्बीकरण भएको पक्कै हो । हामी फरक-फरक ढंग बाट यात्रा तय गरेता पनि अन्ततः ठूलो महासागर समुन्द्रमा नै मिश्रण हुने खोलीको उधारण दिएका छन् । सिङ्गो तमु समुदायको मौलिक पहिचान भाषा, संस्कार संस्कृतिलाई संरक्षण-प्रवर्द्धनका लागि वर्तमान परिपेक्षमा राज्य द्वारा गरिएका पहिचानका मुद्दामा एकजुट भै अन्तत: एउटै परिवार हुनेमा प्रतिवद्धता ब्यक्त गरे । अन्य बक्ताहरूले आ-आफ्नो धारणा राख्दै शुभकामना दिए ।

महासंघमा आवद्ध विभिन्न मातृ संस्थाका प्रमुख तथा प्रतिनिधि, अन्य, क्षेत्रीय, वर्गीय, धार्मिक, साँस्कृतिक एवं वैचारिक विभिन्न, संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, विशिष्ट ब्याक्तित्व, स्थानीय पत्रकारहरूलाई अतिथि ग्रहण गराएको समारोहलाई भब्य र सभ्य सम्पन्न गराउन योगदान पुर्‍याउने सबैलाई संधका संस्थापक सदस्य, संरक्षक, प्रमुख अतिथि, विशेष अतिथि, कार्यक्रमका सभापतिको सह्योगमा संघले क्रमशः खेगी ओढाएर सम्मान गरेको हो ।


Image may contain: 1 person, standing


साँस्कृतिक संयोजक संग्रम तमु र फलेन्द्र तमुले संयुक्तरूपमा संचालित विभिन्न साँगितिक प्रस्तुतिले उपस्थित पाहुनालाई भरपुर मनोरञ्जन गराएको थियो ।
 
प्रमुख अतिथि गैर आवासीय नेपाली संघ समन्वय परिषदका द्धितिय उपाध्यक्ष प्रविन गुरूङ, कार्यक्रम सभापति संघका अध्यक्ष लिल कुमार टु क्ल्हेप्री तमु, संरक्षक युद्घजंग तमु, वरिष्ठ सान पह्च्यु तमुको स्वागत तथा सचिव चन्द्र गुरूङको संचालनमा कार्यक्रम सम्पन्न गरेको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %