मगर्स क्रियशन
काठमाडौँ, माघ २१ – लोक तथा दोहोरी गायिका तिला थापा गरंजा मगर सुर्खेत जिल्ला साटाखानी गाविसमा बाबा रुद्र बहादुर र आमा गंगी थापा मगरको कोखबाट जन्म भै हाल सपरिवार अनामनगर काठमाडौँमा बसोबास गर्दै आउनु भएको छ । उहाँले अहिले सम्म एक दर्जन भन्दा बढी गीतहरुमा आफ्नो सुमधुर स्वर भरिसक्नु भएको छ ।
सानै देखी गित गाउने/नाच्ने कला र रुची भएकी तिला, मगर भाषाको कला र संस्कृतिलाई संरक्षण र सम्बर्धन गर्नु पर्छ भन्ने भावनाले ओतप्रोत हुनुहुन्छ । २०५३ सालमा गोरखाको बुंगकोटमा भएको मगर संघ केन्द्रको राष्ट्रिय सम्मेलनमा भएको अधिराज्य ब्यापी मगर भाषाको गीत प्रतियोगितामा पनि प्रथम स्थान हासिल गरेकी तिलाले अहिले फेरी मगर भाषामै ठाडो भाकाको गीत “जिवाटार आर्मिट के छान्ने (बाँचुन्जेललाई सम्झना हुनेछ)…” बजारमा ल्याउनु भएको छ ।
युट्युबमा हेर्न यो लिंक थिच्नुहोस् :
{youtube}https://youtu.be/B3mnf9wGdkA{/youtube}
मन बहादुर बगाले मगरको शब्द/संगीत रहेको र राज कुमार बगरले एरेन्ज गर्नु भएको यस गीतमा तिलालाई बरिष्ठ/चर्चित लोक गायक खड्ग गर्बुजाले साथ् दिनु भएको छ । चन्द्र मन्दिर मगरको निर्देशनमा निर्मित यस गीतको म्युजिक भिडियोलाई सुर्य प्रकाश क्षेत्रीले छायांकन गर्नु भएको छ भने बिरेन्द्र भाटले सम्पादन गर्नु भएको छ ।
साथै, अमर गरंजा मगर निर्माता रहेको यस म्युजिक भिडियोको दृश्य निर्मार्ण वोर्ल्ड कभर मिडियाले गरेको छ भने, मगर्स क्रियशन कम्पनीले युट्युब च्यानल मार्फत बजारमा ल्याएको छ । मगर भाषा, कला, सस्कृतिको संरक्षण र सम्बर्धन गर्ने उद्देस्यले मगर भाषाको यस गीतलाई बजारमा ल्याइएको कुरा मगर्स क्रियशन कम्पनीका सिइओ आशिर्वाद पुन मगरले बताउनु भयो । साथै भाषा, कला, सस्कृतिको अनुसन्धान, संरक्षण र सम्बर्धनको लागि मगर्स क्रियशन कम्पनीले लगानी समेत गर्ने कुरा पुन मगरले बताउनु भयो ।