पत्रकार लोकनेश ढेंगा मगरको‘बाँच र वाँच्न देउ’ को नयाँ पुस्तक विमोचन !

Read Time:1 Minute, 53 Second

गोविन्द घर्ती


देवदह, माघ २१ – पत्रकार लोकनेश ढेंगा मगरको नयाँ पुस्तक ‘बाँच र वाँच्न देउ’ एक कार्यक्रमका बीच बुटवलमा विमोचन भएको छ ।

विगत २५ बर्ष देखि निरन्तर रुपमा उत्पीडित आदिवासी जनजाति, महिला, मधेसी समुदायको हक अधिकारका विषयमा कलम चलाउदै आउनुभएका पत्रकार ढेंगाको चौथों पुस्तकको रुपमा ‘बाँच र वाँच्न देउ’ विमोचन भएको हो । पुस्तकलाई आदिवासी जनजाति महासंघका केन्द्रीय अध्यक्ष जगत वरामले विमोचन गर्नु भएको हो ।

सो अवसरमा बोल्दै अध्यक्ष बरामले यस पुस्तकले आदिवासी जनजाति समुदायको हक, अधिकार र पहिचानको मुद्दालाई बुलन्द गरेको बताउँनु भयो । उहाँले पुस्तकले राष्ट्रियताको लागी महत्वपूर्ण भुमिका खेलेको भन्दै सम्पूर्ण नेपालीलाई जोड्ने काम गरेको बताउनु भयो । त्यस्तै पत्रकार न्युनतम परिश्रमीकका सदस्य दिपक ज्ञावाली र पत्रकार गिरी श्रीसले पुस्तकको संक्षिप्त चर्चा गर्नुभएको थियो ।

फोनिज रुपन्देहीका जिल्ला अध्यक्ष मिलन गाहाको अध्यक्षता, उपाध्यक्ष राज चौधरीको स्वागत र सचिव आशिष शुर्यवंशीको संचालनमा सम्पन्न उक्त पुस्तक विमोचन कार्यक्रममा आदिवासी जनजाति महासंघका जिल्ला अध्यक्ष दल बहादुर छन्त्यल, लेखक तथा पत्रकार लोकनेश ढेंगा लगायतले बोल्नु भएको थियो ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %