दुर्गा तिवारी स्मृति खुल्ला भलिवल प्रतियोगिता सम्पन्न !

Read Time:1 Minute, 24 Second

 

गोविन्द घर्ती


Image may contain: one or more people, people playing sport, basketball court, sky and outdoor

देवदह, माघ २० – तेस्रो राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव स्थलमा संचालन भएको दुर्गा तिवारी स्मृति खुल्ला भलिवल प्रतियोगिता अन्र्तगत विभिन्न खेलहरु सम्पन्न भएको छ ।

प्रतियोगिता अन्र्तगत भएको लिग सिस्टमको आधारमा खेलाईएको पहिलो खेलमा पर्सावल नवलपासी विजयी भएको छ । पर्सावलले मणिमुण्ड रातोलाई २५–१०, २५–१५ को सोझो सेटमा हराएको हो । दोश्रो खेलमा मणिमुदण्ड निलोले ब्रेभ गोर्खालाई २५–१५, २५–२१ म २ सेट र व्रेभ गोर्खाले २५–२२ मा एक सेट जित्न सफल भएको थियो ।

तेश्रो खेलमा ब्रेभ गोर्खाले खेमा तमु छोंज धीलाई २५–१४, २५–११ के सोझो सेटमा हराएको थियो । चौथो खेलमा पर्सावल नवलपरासीले गोधुली युवा समुहलाई २५–१६, २५–१९ को सोझो सेटमा हराएको थियो । पाचौ खेलमा मणिमुदण्ड निलोले खेमा तमु छोंज धीलाई २५–१६, २५–७ मा सोझो सेटमा हराएको आयोजकले जनाएको छ ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %