‘आमा’

 

माया घले मगर


Image may contain: 1 person

झिकेर मुटुको टुक्रा आँखा भित्र अटाउछिन
आफु भोक-भोकै बसी स्तन चुस्न खटाउछिन ||

जिन्दगी बन्छ आमाले खाएको गास-गासमा
सिर्जनामूल हुन् आमा सृष्टीको इतिहासमा ||

कोखबाट निकालेर यो धर्ती टेक्न लाउछिन
ताते-ताते  भनि मिठो बोली सिकाउछिन ||

राखेर काखमा नानी कहिले गीत गाउछिन
बच्चा सुतोस भनि आमाको हातले थुम्थुमाउछिन् ||

बच्चा उठ्छ भनि राती अल्प अल्प गर्दै आमा निधाउने गर्छिन
मेरो बच्चा रुन्छ भनि अन्त बाट चाडै बिदा हुने गर्छिन ||

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %