पाल्पाली समाजले विलौनामा डुबेका परिवारलाई झण्डै २ लाख सह्योग !

कृष्ण सारू मगर


No automatic alt text available.

युएई, जनवरी ३१ – पाल्पाली समाजले गएको २५ डिसेम्बर २०१६का दिन युएईमा हृदयघात भै ज्यान गुमाएका स्व. बिष्णु ब. थापा मगरको परिवारको आर्थिक सह्योगका लागि २४ जनवरीका दिन केश ब. बाह्रघरे मगरको नाउँमा नेरू १,२५,०००/- अक्षरूपी (एकलाख पच्चीस हजार) आईएमई बैकको पाल्पा शाखा बाट पाउने गरि उक्त रकम पठाएको थियो ।

पश्चिमाञ्चल फाईनान्स कम्पनी लिमिटेड पाल्पा शाखाको खाता नं- ५२०९६७०२ प्रतीक थापालाई शिक्षा, दिक्षामा प्रतक्ष लाभ पुर्‍याउने हेतुले मृतकका ६ वर्षीय नावालक छोराका संरक्षकले प्रत्येक दुई वर्षमा नविकरण ब्यावस्था कायम रहने गरि नेरू १ लाख बराबरको मुद्धती खाता खोलेको हो ।


Image may contain: 1 person

किरिया खर्चका लागि फुजेरा क्षेत्रीय अध्यक्ष इन्द्र बहादुर घर्ती मगरको सह्योगमा स्व. थापाका धर्मपत्नी टिकु माया थापा मगरलाई समाजले थप नेरू. २५ हजार प्रदान गरेको छ ।

हृदयघातका कारण ३१ वर्षको अल्पायूमै निधन भएका थापा रोजगारीको शिलशिलामा ४ वर्ष अघि दुवईको लुलु भिलेज मोहिस्ना शाखामा सेल्सम्यानको रुपमा कार्यरत बर्मु, जल्पा ९ पाल्पाका हुन् ।

स्रोतका अनुसार पाल्पाली समाजले यस अघि रामटार स्थित जनकल्याण माविको कक्षा ९ र कक्षा ६ मा अध्यनरत वर्ष १५ का रोशन र १२ वर्षकी मनिषा विकको नाउँमा ५० हजार बराबरको अक्षकोषका लागि अन्धकार मुक्ति बचत तथा ऋण सहकारी संस्थामा संयुक्त खाता खोलेको समाजका महासचिव वेद प्र. अर्यालले बताए ।


रामपुर ४ रजघराका स्व. माधव गैरेका परिवारलाई किरिया खर्च सहित नेरू. ७५ हजार सह्योग प्रदान गरेको छ । रामपुर ११ रामटारका स्व. बाबुराम बि.क.का परिवारलाई नेरू २५ हजार फुजेरा क्षेत्रीय अध्यक्ष घर्ती मगरले एक कार्यक्रम गरी हस्तान्तरण गरेका हुन् ।