क्लव बचाउका लागि नेपालीहरू अन्तरकृयामा जुटे !

Read Time:5 Minute, 6 Second

कृष्ण सारू मगर


Image may contain: 4 people, people sitting, table and indoor

मानमा बहराईन, जनवरी ३० – विभिन्न जातीय, क्षेत्रीय, वर्गीय, धार्मिक तथा साँस्कृतिक संघ, संस्था, संगठनका प्रमुख तथा प्रतिनिधि समाजसेवी, बुद्धिजीवी, स्थानीय पत्रकार एवं विशिष्ट ब्याक्तित्वहरूको उपस्थितिमा बृहत छलफल तथा अन्तरकृया कार्यक्रम गत २० जनवरी शुक्रबारका दिन क्लवका अध्यक्ष कमल श्रेष्ठको अध्यक्षतामा बसेको हो ।

वरिष्ठ समाजसेवी तथा क्लवका संरक्षक समेत रहेका गम ब. गुरुङले बहराईनबासी सम्पूर्ण नेपालीहरुको विविध समस्या र समाधानका लागि स्थापनाकाल देखि वर्तमान सम्म विभिन्न समस्याको लागि नैतिक, भौतिक, वैचारिक सह्योग गरि उद्धार गरेको विभिन्न उधारण दिँदै, नेपाली क्लब आफैमा सान्दर्भिक परिभाषित रहेकोले मिलेर जोगाउनु हामी सबैको नैतिक दायित्व र कर्तब्य रहेको बताए ।

नेपाली क्लवकै सभाकक्षमा भएको अन्तरक्रिया कार्यक्रममा बहराईनमा रहेका सम्पुर्ण नेपालीहरूको विशुद्ध समाजि संस्था रहेको उल्लेख गर्दै अनावश्यक हल्लाको पछाडि नलाग्न आग्रह गरेका प्रमुख सल्लाहकार गिरीले थप्दै भने, काम, कर्तव्यको क्रममा अन्जानकै कारण आफू बाट केही ट्रुटी वा कमिकमजोरी भएको खण्डमा क्षमा माग्दै, नेपाली क्लवका प्रमुख सल्लाहकार एंव पुर्वाध्यक्ष दुर्गा गिरीले सबैले आ-आफ्नो स्थान बाट संरक्षण-संवर्द्धनका लागि जोड दिनु पर्ने बताए ।

नेपाली क्लव प्रति गहिरो चासो राख्दै, क्लवको आर्थिक पारदर्शीता हुनु पर्ने, कुनै पनि किसिमको अन्तरवस्तुमा निर्णय गर्दा सामुहिक छलफल बाट अनुमोदित विषय वस्तुलाई अनुसरण गर्न छलफल तथा अन्तरकृयामा सहभागीता जनाएका कृयाशिल संघ, संस्थाका प्रमुख तथा प्रतिनिधि वक्ताहरूले आ-आफ्नो धारणा राखेका थिए ।


Image may contain: 4 people, people sitting, drink, table and indoor

क्लवका महासचिव दीपक गुरुङको संचालनमा सम्पन्न भएको कार्यक्रममा मगर संघका जित ब. घर्ती मगर, भोजपुर हातेमालोका निर्मला तामाङ, नेप्लीज वेयलफेयर सोसाइटीका मोहम्द खुशदिन , नेपाली प्रवासी मञ्चका अध्यक्ष शालिग्राम पन्त, एकता समाजका पदम थापा, गुल्मेली समाजका भिम गुरुङ, तमु समाजका नरेन्द्र घले, स्याङ्जा सहयोग समाजका केशव पोखरेल, नयाँ शक्तिका सह-संयोजक  प्रमेश तमु, चितवन सेवा समाजका लक्ष्मण श्रेष्ठ, अन्तराष्ट्रिय नेपाली कलाकार समाजका अशिम महत, मोरंग सुनसरी सेवा समाजका हरि कुमार श्रेष्ठ, शेर्पा किदुगका टेम्बा शेर्पा, तामाङ सेवा समाजका चङ्गबा लामा, एनआरएनए मध्यपुर्व महिला संयोजक लक्ष्मी गिरी, किराँत याक्थुङ चुम्लुङ् तथा आदिवासी जनजाति महासंघका झहरमान थेवे, खोटांग जनकल्याणकारी समितिका नगेन्द्र चाम्लिङ राई, किराँत राई यायोख्यका प्रदिप राई, म्याग्दी उद्धार समितिका भक्त बहादुर पुन मगर, पर्वत सेवा समाजका तिलक सापकोटा लगायत अन्य विशिष्ट ब्याक्तित्वहरूले सहभागिता जनाएको थियो ।

विविध कारणवस लामो समय सम्म पनि नविकरण हुन नसकेको क्लवलाई आठौं निर्वाचित अध्यक्ष कमल श्रेष्ठले गएको १६ डिसेम्बर २०१६ मा बहराईन सरकारको ministerial of social कार्यलयको अभिलेख सुचिमा पुन: दर्ता गरी सि.आर. नविकरण भएको जानकारी दिँदै अविलम्ब क्लवको आर्थिक प्रतिवेदनलाई सार्वजनिक गर्ने प्रतिवद्धता समेत गरेका छन् । उहाँले थप्दै भने, समाजिक अवधारणा बोकी बहराईनमा स्थापित विभिन्न संघ, संस्था संगठन तथा समस्त नेपालीहरूमा क्लवको सदस्य लिई क्लवको अभिन्न अंग बनेर सह्योग पुर्‍याउन सबै पक्षमा हार्दिक अपिल समेत गरेका छन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %