“छपामार युवतिको डाइरी”/”बिश्व साहित्यमा तारा राई” !

Read Time:2 Minute, 35 Second

तारा राई


वेलायत – १४ वर्षको कलिलो उमेरमा माओवादी जनयुद्दमा होमिएकी तारा राईको पुस्तक “छपामार युवतिको डाइरी” अंग्रेजीमा अनुवाद भई “गुरिल्ला गर्ल” नामले वेलायतमा प्रकाशित भएको छ ।

वेलायतको कमरसियल पब्लिस हाउस “कनराड प्रेस”ले यहि हप्ता प्रकाशित गरेको हो । जयन्त शर्माद्वारा अनुवादीत यस कृतिलाई साहित्यकार नरेश काङमाङ राई, कबि अप्जसे कान्छा र वेलायती लेखक जेम्स एजिंगरद्वारा सम्पादित गरेका हुन । जनयुद्द लड्ने क्रममा आफ्ना साथीहरु आफ्नो आँखै अगाडि तत्कालिन शाही सेनाको गोलीबाट ढलेको तस्बिर तारा राईले “गुरिल्ला गर्ल”मा उतारेकी छिन् । तेसो त सेनाको कब्जामा परी जेल जीवन भोग्दाको पिडा पनि मज्जाली नै समेटेकी छिन । पुर्व राज्यमन्त्री माओवादी नेता धर्मसिला छपागाई र उनको निर्दोश छोरी अग्रानीसँगको भोगाइले पाठकहरुको मन राम्ररी तान्ने कुरो सम्पादक आप्जसे कान्छाले बताए ।

उनले भने, यो कृतिलाई हलिउडले फिल्म बनाउन सक्ने सम्भव रहेकोछ । र कृति पढेर अभिनेत्री जोवाना लुम्लेले अतिनै राम्रो मन्तब्य पनि लखिदिएकी छिन्, उनको मन्तब्य दोस्रो संस्करणमा छापिने अप्जसेले बताए । नरेश काङमाङ राईले भने, कृति प्रकाशित भएको खबर तारा राईलाई सुनाउँदा अति खुसि हुदै भनिन्, सपनाहरु धेरै छन् अतिनै खुसिभएको छु, सबै सहयोगी मनहरुलाई धन्यवाद । नेपाली साहित्यलाई विश्व सहित्यमा उपस्थित गराउनकोलागि लागिपरेको काङमाङले बताए । अन्य प्रोजेक्टहरु पनि तयारीमा रहेको पनि जानकारी गराए । गत वर्ष मात्र काङमाङको “फियरलेस वरिवर” वेलायतको प्रकाशन हाउस ओलम्पियावाट प्रकाशित भईसकेको छ । उक्त पुस्तक जेम्स टाइट ब्लाक बुक प्राइजकोलागि पनि नोमिनसनमा परेको थियो

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %