भेडिखर्के साईला सम्मानित !

मनोज घर्ती मगर


Image may contain: 3 people, people standing

पोखरा, माघ १२ – पोखराको अमरसिंह चौरमा भएको सातौ संस्करणको पोखरा महोत्सवमा भेडिखर्के साइला भनेर चिनिएका ठाडो भाकाका सर्जक दीर्घराज अधिकारीलाई सम्मान गरिएको छ ।

गण्डकी अञ्चलको लम्जुङ र तनहुँ जिल्लामा प्रचलित ठाडो भाकाको संरक्षण र प्रवद्र्धनमा योगदान पुर्याएको भन्दै युनाइटेड क्लबका तर्फबाट सर्जक अधिकारीलाई पोखरा उपमहानगरपालिकाका कार्यकारी अधिकृत नवराज ढुंगाना, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरिक्षक खड्ग बहादुर खत्री, युनाइटेड क्लवका संस्थापक अध्यक्ष हिमालय बख्रेल, क्लवका महासचिव राजु श्रेष्ठले दोसल्ला, ओडाई ढाँकाटोपी लगाएर २५ हजार ५ सय ५५ रुपैयाँ र प्रमाणपत्र दिएर सम्मान गरे ।

९ वर्षको उमेरदेखि ठाडो भाका गीत गाउदै आएका साइलाले सम्मान ग्रहणपछि युवा पुस्ता आधुनिकता तिर गइरहदा ठाडो भाकानै लोप हुने अवस्थामा पुग्ने हो की भन्ने चिन्ता रहेको बेला ठाडोभाकाको सम्मान पाएको बताए ।