पाल्पाली समाजले गृह जिल्लामा अक्षयकोष स्थापना तिब्र गतिमा !

Read Time:2 Minute, 52 Second

कृष्ण सारू मगर


Image may contain: 8 people

युएई, जनवरी  २४ – पाल्पाली समाज युएईले गृह जिल्लाको प्रत्येक गाबिसको विद्यालयमा अक्षयकोष स्थापनाका लागि पहिलो चरणमा जिल्लाका २० गाबिसमा तदारुकताका साथ जुटेको समाजले विदामा आएका ६ जना प्रतिनिधिले देविनगरको मातृभुमि माविको विधालयमै पुगेर अक्षयकोष स्थापनार्थ रकम हस्तान्तरण गरेको हो ।

युएई फुजेरा क्षेत्रका अध्यक्ष इन्द्र बहादुर घर्ती मगरका अनुसार समाजले जिल्लाका प्रत्येक गाबिसको १ बिद्यालयमा अक्षयकोष स्थापना, युएईमा भएका विविध घटना, दुर्घटना एवंम प्राकृतिक प्रकोप बाट पिडितलाई समाजले सह्योग र अक्षयकोष स्थापनाको उद्देश्यबारे जानकारी गराए ।

स्रोतका अनुसार समाजका प्रतिनिधि केशब बहादुर बाह्रघरे मगर, राम बहादुर सारु मगर, दुर्गा बाह्घरे मगर, भीम बहादुर थापा, भुवन बि.क.ले समाजको एक्यबद्धता र जिल्लाका अधिकाँस पाल्पालीहरुको एउटै साझा अभियान गृह जिल्लाको विकासको लागि तानसेन र रामपुर नगरपालिका प्रवेश स्वागत द्वारको निर्माण प्रक्रियामा रहेको अवगत गराए ।


Image may contain: 3 people, people standing

आफ्नो जिविकोपार्जन संगै परिवारको सुनौलो भविष्यको कल्पना बोकेर श्रमिका लागि दुवईमा पुगेका महान प्रगतिशील तथा समाजसेवी जसले समाज सेवाको लागि उधारणीय कार्यमा जुटेर ग्रामिण शिक्षा र विकास निर्माण कार्यमा रहेको अग्रणि भुमिकाको स्थानिय पत्रकार भुवन सिंजाली मगरले खुलेरै प्रशंसा गरेका थिए ।

अक्षयकोष स्थापनाका लागि आफ्नो बिद्यालय छनौटमा परेकोले पाल्पाली समाज युएईलाई बिद्यालयका सहायक प्रध्यानाध्यापक यम बहादुर खत्रीले विशेष धन्यवाद दिदै प्रशंसा पत्र प्रदान गरेका हुन् ।

शिक्षक लक्ष्मण कुमार के.सी.को स्वागत तथा शिक्षक पितम प्रसाद बस्यालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको कार्यक्रम बिद्यालय व्यबस्थापन समितिका अध्यक्ष भोज बहादुर मश्राङ्गी मगरले अध्यक्षता गरेका थिए।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %