देवदहमा विज्ञान प्रदर्शनी कार्यक्रम सम्पन्न !

Read Time:1 Minute, 54 Second

गोविन्द घर्ती


Image may contain: 8 people, people standing

देवदह, माघ ११ – तेश्रो राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सवको पुर्व सन्ध्यामा विज्ञान प्रदर्शनी कार्यक्रम सम्पन्न भएको छ ।

देवदह क्षेत्रका विभिन्न विद्यालयहरुको सहभागिता रहेको विज्ञान प्रदर्शनीको देवदह नगरपालिकाका कार्यकारी अधिकृत गणेश घिमिरेले उद्घाटन गर्नु भएको थियो । विद्यालय समन्वय उपसमितिको आयोजनमा उक्त विज्ञान प्रदर्शनी भएको हो ।

विज्ञान प्रदर्शनीमा केरवानी माध्यमिक विद्यालयले इैलेक्ट्रोनिक, सगरमाथा आवासीय उच्च माविले कृषि फर्म, देवदह ईङलिस बोडिङ्ग स्कुलले ईलेक्ट्रोनिक्स क्लिप, न्यू नमुना बोडिङ्ग स्कुलले भ्याकुम्म पम्प, देवदह मदरटङ्गस एकेडेमीले देवदह सिटि केवलकार, ग्रिनप्लान्ट बोडिङ्गले देवदहको भविष्यको वारेमा विज्ञान प्रदर्शनी गरेका थिए । प्रदर्शनीमा ग्रिनप्लान्ट प्रथम, केरवानी मावि द्धितिय, सगरमाथा, देवदह बोडिङ्ग तृतिय र देवदह मदरटङ्गस र न्यू नमुना चौथो भएको छ ।

विद्यालय समन्य उपसमितिका संयोजक खेमानन्द ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रममा देवदह क्षेत्रमा क्रियाशिल राजनैतिक दलका प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %