गोविन्द घर्ती
देवदह, माघ १० – रुपन्देहीको देवदह–११, भलुहीमा आयोजना गरिएको अन्तर विद्यालय स्तरीय छात्र भलिवलको उपाधी भविष्य निर्माण माध्यमिक विद्यालयले हात पारेको छ । फाईनल खेलमा जनप्रिय माध्यमिक विद्यालयलाई पराजीत गर्दै भविष्य निर्माण माध्ययिक विद्यालयले उपाधी हात पारेको हो ।
फाईनल खेलमा भविष्य निर्माण माध्यमिक विद्यालयलाई २५–१९, २६–२४, २५–२० को तिन सेट जितेको थियो भने जनप्रिय माध्यमिक विद्यालयले २५–२३ मा एक सेट जितेको थियो । जनप्रिय माध्यमिक विद्यालयले सरस्वती माध्यमिक विद्यालयलाई र भविष्य निर्माण माध्यमिक विद्यालयले केरवानी माध्यमिक विद्यालयलाई पराजित गर्दै फाईलनमा प्रवेश गरेको थियो ।
जनप्रिय माध्यमिक विद्यालयले आफनो ४१ औं बार्षिकोत्सवको अवसरमा अन्तर विद्यालय छात्र भलिवल प्रतियोगिताको आयोजना गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशवप्रसाद पराजुलीले बताउनु भयो । प्रतियोगितामा देवदह क्षेत्रका ९ वटा विद्यालयहरुको सहभागिता रहेको शिक्षक श्याम थापाले जानकारी दिनु भयो ।