असाहाय तथा बृद्ध आश्रममा सहयोगार्थका लागि एभरेष्टले कार्यक्रम गर्ने

Read Time:2 Minute, 1 Second
कृष्ण सारू मगर

दोहा-कतार, २२ जनवरी समाज परिवर्तनका लागि यूवा अभियान भन्ने मुल नाराका साथ स्थापित एभरेष्ट नेपाली युथ एसोसिएसनले वार्षिक उत्सवको अवसरमा साहनिया स्थित अल दोसरी गार्डेनमा यहि आउँदो ३ फेब्रुअरी सुक्रबारका दिन वनभोज तथा विविध साँस्कृतिक कार्यक्रम गरी भब्य मनाउने भएको छ ।

उक्त कार्यक्रमलाई सफल बनाउन नेपालका बहुप्रतिभाशाली राष्ट्रिय कलाकारहरू (पप गायक) कमल खत्री, (मोडल तथा नायिका) बेनिसा हमाल र राष्ट्रिय लोक तथा दोहोरी गायिका बन्दना पाण्डेको जोडदार साङ्गीतिक प्रस्तुतिले समस्त गीत, संगीत, पारखीहरूलाई भरपुर मनोरञ्जन दिलाउन, स्थानीय प्रख्यात कलाकारहरूको बेजोड प्रस्तुतिले साथ दिने भएका छन् ।

स्रोतका अनुसार पोखरा स्थित असहाय तथा बृद्ध आश्रमका लागि सितापाईलाको सह्योगार्थ यो कार्यक्रम गर्न लागेको समाजका महासचिव बलहरी राना मगरले बताए ।

प्राविधिक समस्या भै कारणवश उक्त कार्यक्रमको निमन्त्रणा पत्र यहाँहरूको संघ, संस्था संगठनका प्रमुख, तथा विशिष्ट समाजसेवी सम्म नपुगेको खण्डमा यही सूचानालाई आधारमानी गरिमामय उपस्थितिका लागि आयोजक समिति परिवार संबन्धित सबैमा हार्दिक निमन्त्रणा गरिएको छ ।

नोट: विष्तृत जानकारी लिनु परेमा पोष्टरमा उल्लेखित सम्पर्क नम्बरमा संपर्क गर्नुहोला ।
0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %