बहराई पुगेकी लिम्बूलाई भब्य सम्मान !

Read Time:2 Minute, 12 Second

कृष्ण सारू मगर


Image may contain: 5 people, people standing

बहराईन – धरान -१९ बिरेन्द्र चोक स्थाई घर भई हाल मेडिष्ट क्यान्ट यु.के. बस्दै आएकी समाजसेवीका नामले परिचत रनमती सामेखाम लिम्बूलाई गएको ०५ जनावरी २०१७ बिहिवारका दिन सेवारो नेपाली रेष्टुरेन्टको सभाकक्षमा किराँत याक्थुङ चुम्लुङले एक कार्यक्रम गरी भेटघाट तथा परिचयात्मक कार्यक्रम गरेको छ ।

जनजाति महासंघमा अध्यक्ष काजी थापा मगर, नेपाली क्लबका अध्यक्ष कमल श्रेष्ठ तथा किराँत याक्थुम चुम्लुङ्ग बहराइनका अध्यक्ष बिरेन्द्र तुम्बापो लिम्बूको सह्योगमा मायाँको चिनो प्रदान गरेका हुन् ।

बहराईनलाई कर्मथलो बनाउँदै आएका समस्त याक्थुम्बा तथा नेपाली समाज संग विविध योजना लिएर मध्ये पूर्वीय राष्ट्र बहराईनको भ्रमण तथा भेटघाटको सिलसिलाको क्रममा आएकी लिम्बूलाई किंरात याक्थुम चुम्लुङ्गले समाजसेवामा अझ हौसला प्रेरणामा थप उर्जा मिलोस् भन्ने अभिप्रायले उहाँलाई सम्मान तथा बिदाई गरेको छ ।

उक्त भेटघाट तथा परिचयात्मक समारोहमा नेपाल आदिवासी जनजाती महासंघमा आवद्ध विभिन्न मातृ संस्थाका प्रमुख तथा प्रतिनिधिले सहभागी सबैले अतिथि लिम्बूलाई खदाले सम्मान गरेको हो ।

जनजाति महासंघकी कोषाध्यक्ष अमृता नाल्बोले ब्यावस्थापनको सौजन्य गरेकी थिईन । कियाचुका झहरमान थेवे लिम्बूको संचालनमा सम्पन्न भएको समारोहलाई चुम्लुङ्गका अध्यक्ष बिरेन्द्र तुम्बापो लिम्बूले सभापतित्व गरेको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %