नेपाल मगर संघ युएईको माघेसन्क्रान्ती शुभकामना एवं पिक्निक कार्यक्रमको तयारी अन्तिम चरणमा !

Read Time:2 Minute, 18 Second

सुर्य आलेमगर


No automatic alt text available.

आबुधाबी – नेपाल मगर संघ युएईको आयोजनामा आगामी २७ जनवरी ( माघ १४गते, शुक्रबार ) युएईको राजधानी आबुधाबीको मुरुर कर्नेशपार्कमा हुन थालेको माघेसक्रान्ती शुभकामना एवं पिक्निक कार्यक्रमको तैयारी अन्तिम चरणमा रहेको जानाकारी प्राप्त भएको छ ।

गत १३जनवरी, आबुधाबी स्थित मुरूर कर्नेशपार्कमा संघका अध्यक्ष शुशी पुलामी मगरको अध्यक्षतामा बसेको,उक्त कार्यक्रमको तैयारी बैठकले उक्त कुराको जानाकारी गराएको हो ।

देशकै प्रमुख चाडको रुपमा रहेको माघेसक्रान्ती पर्वलाई मगरजातिले आफ्नो जातिय सभ्यताको विकास संगसंगै प्रमुख पर्वको रुपमा मान्दै आएको पर्व हो । नेपाल सरकारले समेत केहीवर्षयता,माघे सक्रान्ती पर्वलाई मगराजातिको राष्ट्रिय पर्वको रुपमा मान्यता दिएको छ भने, यस पर्वले देशको भौगोलीयता,जातियता एवं सास्कृतिक विविधताको प्रतिनिधित्व गर्दै आएको छ ।


No automatic alt text available.

प्रवासमा डिउटी र समयको अनुकूलता मिलाएर गर्न थालिएको उक्त पिकनिक कार्यक्रममा मगर जातिय परिकारको साथमा लाइभ बार्वक्यू, खसी र बङ्गुरको मासु, सेलरोटी, तरुल, अचार, तिलको लड्डु, चिउरा र कोल्ड्रीङ लगायतका परिकारको व्यवस्था हुने कार्यक्रम सम्योजक एवं संघ का वरिष्ठ उपाध्यक्ष राम थापामगरले जानकारी दिएका छन ।

साथै युएईमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाई तथा दिदिबहिनीहरुमा उक्त शुभकामना आदानप्रदान एवं पिक्निक कार्यक्रममा सहभागी भै, शुभकामना आदानप्रदान गर्न र पिक्निकको भरपुर मनोरंजनलिनहुन, नेपाल मगर संघ युएईले सादर निमन्त्रणा गरेको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %