आशिष पुन मगर
काठमाडौं- माघ ७ बाबा वीर बहादुर तथा आमा जसिन्ता श्रीस मगरकि छोरी सामान्य परिवारमा हुर्केकी जुना श्रीस मगरको बाग्लुङको रिघामा जन्मेकि उनि भविस्यमा कलाकारको पेशामा चर्चित बन्छु भनेर कल्पना समेत नगरेकी अहिलेकी चर्चित तथा ब्यस्त दोहोरी गायिकाको सुचीमा पर्न सफल भएकी छिन् ।
२०५८ मा एस एल सी उतिर्ण पश्चात केही शीप सिकेर सुनौलो भविष्यको कल्पना बोकेर बाग्लुङ सदरमुकाम आएकी थिईन । आफुमा अद्भुत कला र प्रतिभा कै कारण सदरमुकामको प्रवेशले एका-एक सपना बदलियो उनको ।
विभिन्न हृदय स्पर्शी शब्द सृजनाका गीत संगीत कै कारण लाखौ, हजारौं स्रोतको मन जित्दै अगाडि बढेर जुनाले किन रुन्छौ ए न्याउली, आज माया म संग तरक-तरक छ, मनमा गहिरो घाउ छ के गरु, वारि घुम्टे पारी गाजा, यानिमाया पन्चेबाजा, बाग्लुङको बजार सालैजो, यो मन किन रुन्थ्यो, दंग खाएको छु जस्ता थुप्रै कृतिहरू बजारमा ल्याउन सफल संगै अहिले सम्म ५०० भन्दा बढी एल्बमहरूमा स्वर दिई सकेकी छिन ।
उनलाई बाग्लुङको कोईली उपनामले पनि परिचित छिन । अहिले भर्खरै मगर्स क्रियशन कम्पनीको म्युजिक प्रोडक्सन हाउसले जुना श्रीस कै नयाँ गीतीएल्वम् कौराह गीत “सरर हावा सरर…” बजारमा ल्याउैदै युटुवमा समेत सार्वजनिक भएको छ । बिष्णु शर्माको सम्पादनमा भएको उक्त गीतमा जुनालाई बरिष्ठ/चर्चित लोक गायक खड्ग गर्बुजा मगरले साथ् दिएका छन् । सर्जक सि.पी. मगरको शब्द/संगीत रहेको छ । बेलायत बस्दै आएकी सबिता राना मगर (नाना) ले अभिनय गरेको म्युजिक भिडियोमा अजय रेग्मीले छायांकन गरेको हो । चर्चित निर्देशक प्रकाश भट्टको निर्देशनमा तैयार भएको हो ।
युट्युबमा हेर्न यो लिंक थिच्नुहोस् :
{youtube}https://youtu.be/R7IhVoQWmHM{/youtube}