कतारमा माघी महोत्सव तथा चौथौ महादिवेशन कार्यक्रम भब्य सम्पन्न !

Read Time:8 Minute, 25 Second

कृष्ण सारू मगर
दोहा-कतार, १५ जनवरी – “जातीय पहिचानको संरक्षण-प्रवर्द्धन ! शैक्षिक, आर्थिक, समाजिक उत्थान हाम्रो अभियान !!” भन्ने मुल उद्धेश्यका साथ स्थापित थारू कल्याणकारी सभा च्याप्टरले थारू समुदायको साँस्कृतिक पर्व २६४१ औं नयाँ वर्षलाई नेपाल प्रवासी आदिवासी जनजाति महासंघका का.बा अध्यक्ष लिलम चिदी मगरको प्रमुख आतिथ्यतामा माघी महोत्सव तथा चौथौ महादिवेशनलाई विविध कार्यक्रम गरि सौहार्दपुर्ण वातावरणमा सम्पन्न गरेको छ ।


पहिचानको पोषाकमा सहभागी कलाकारले उपस्थित सबैलाई विविध साँस्कृतिक प्रस्तुतिले भरपुर मनोरञ्जन दिलाएको उक्त माघी महोत्सवमा बाल कलाकारले साथ दिएका थिए ।

स्वदेशमा रहेकी श्रीमतीको ईक्षा आकाँक्षा संगै, बाल-बालिकाको भविष्य एवं विविध कथा वस्तुमा आधारित शिक्षा, आर्थिक, समाजिक रूपान्तरणका महत्त्व र जनचेतनामूलक अभिनय अरूण चौधरी, चाँदनी चौधरी र जागेश्वर चौधरीले गरेका थिए ।

विशेष अतिथिमा संरक्षक रामलगन चौधरी, सियाराम चौधरी, गैर आवासीय नेपाली संघ समन्वय परिषदका अध्यक्ष विनेश तामाङ रहेका थिए । महासंघमा आवद्ध मातृ संस्थाका प्रमुख तथा प्रतिनिधि, विभिन्न क्षेत्रीय, वर्गीय, धार्मिक, साँस्कृतिक संघ, संस्था संगठनका प्रतिनिधि तथा उधोग ब्यावसायी समाजसेवी, बुद्धिजीवी, एवं विशिष्ट ब्याक्तित्व लगायत स्थानीय पत्रकारलाई अतिथि ग्रहण गराएको थियो ।
Image may contain: 4 people, people standing and indoor

शिक्षा संगै समाज प्रति सेवाभावको ईक्षा शक्ति हुनु पर्ने धारणा राख्दै स्थापनाकाल देखि तन, मन वचन र कर्मले संस्थालाई योगदान पुर्‍याएका पूर्व अध्यक्ष सियाराम चौधरीलाई प्रमुख अतिथि चिदी मगरले दोसल्ला ओढाए । विशेष अतिथि संरक्षक इ.रामलगन चौधरी र कार्यक्रम सभाध्यक्ष इ.पजियारले संयुक्तरूपमा सम्मान पत्रले सम्मान गरेको हो ।
यसै गरि समाजलाई दिएको योगदानको उच्च मुल्यांकन गर्दै विभिन्न संघ संस्था तथा विभिन्न ब्याक्तित्वहरूलाई प्रमुख अतिथि, विशेष अतिथि सभाध्यक्षको सह्योगमा सम्मान पत्र प्रदान गर्दै थारू क.सभाले सम्मान गरेको छ ।
Image may contain: 4 people, people standing and indoor

जनवर्गीय संगठनका अध्यक्ष रामहरि गैह्रे, पाल्पाली सेवा समाजका सचिव दुर्गा अधिकारी, महासंघ आवद्ध मतृ संस्थाहरूको प्रतिनिधित्व गर्दै भुजेल सेवा समाजका नियम भुजेल, विशेष अतिथि गैर आवासीय नेपाली संघ समन्वय परिषदका अध्यक्ष विनेश तामाङ्गले नेपाली भुमिपुत्र आदिवासी-जनजाति समुदायका हरेक मातृ संस्थाले आ-आफ्नो परम्परागत संस्कार, संस्कृतिको संरक्षण संवर्द्धन नै राष्ट्रिय पहिचान रहेको बताएका वक्ताहरूले
राष्ट्रिय पर्व माघी महोत्सव तथा चौथो महादिवेशन बाट नव निर्वाचित पदाधिकारीलाई अग्रिम शुभकामना दिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली महिला समाजकी अध्यक्ष रेखा राईले भनिन् आफू विभिन्न कार्यक्रममा उपस्थिति जनाउँदै आएको थिएँ थारू क.स च्याप्टरले महिलालाई समावेशी वातावरणको विशेष अवसर प्रदान गरेकोले अझ थप प्रगतिको कामना गरे ।

विविध विषयमा थारू समुदायको खुलेरै प्रशंसा गरेका प्रमुख अतिथि चिदी मगरले शिक्षाले चेतनाको विकास, आर्थिक रूपान्तरणमा अभिबृद्धि संगै समाजिक समृद्धि यसको आवश्यकता, महत्त्व प्रति हामीले प्रगतिशील विचार, सकारात्मक ईक्षा शक्तिमा बदल्नु पर्ने जरूरी रहेकोले समय सापेक्ष विधुतीय प्रवृधिको विकासको अबलम्वनमा जोड दिनु पर्ने बताउँदै शुभकामना दिए ।

माघी पर्वको महत्त्व र थारू समुदायको विषयमा संरक्षक ई.रामलगन चौधरीले विविध विषयमा प्रष्यटाए ।

आदिमकाल देखि बसोवास गर्दै आएका थारू लगायत आदिवासी-जनजातिलाई विभेद गरेको छ । उनले थप्दै भनिन् नेपाली भुमिको रक्षाका लागि विभिन्न कालखण्डमा पुर्‍याएको त्याग र बलिदानको महत्त्व राज्यसत्ताले चरम दमन र शोषण गरी  विखण्डनकारीको विल्ला भिराउँदै जातीय राजनीति गरेको आरोप प्रति थारू क.स.च्याप्टर गम्भीर ध्यानाकर्षण गरेको छ ।

थारूहरूले आफ्नो मौलिक पहिचान र अस्तित्वलाई संरक्षण र प्रवर्द्धनका लागि एक जुट हुनु जरुरी रहेको धारणा राख्दै राष्ट्रिय पर्व माघी महोत्सवले सबैमा सु:ख, शान्ति, समृद्धि सु-स्वास्थ्य तथा लामो आयूको कामना गर्दै उपस्थित सम्पुर्ण पाहुनागणमा शान्ति चौधरीले स्वागत गरेकी थिए ।

थारू समुदायको साँस्कृतिक पर्व “माघी” महोत्सवकै अवसरमा चौथो महादिवेशन १३ जनवरी सुक्रबारका दिन दोहा स्थित अल नख्यान रेष्टुरेन्टको सभाहलमा मञ्जु चौधरीको संचालनमा सम्पन्न गरेकी कार्यक्रमको सभापतित्व समाजका अध्यक्ष ईन्जिनियर अंजनी कुमार पजियारले गरेका थिए ।

शून्य समय राख्दै, सियाराम चौधरीको संयोजकत्वमा गठन भएको निर्वाचन समितिले इन्जिनियर सिताराम चौधरी, इ.रामलगन चौधरी, इ. अर्जुन चौधरी इ. अरून भगत रहेका चौथो महादिवेशनका संयोजकले निम्न तपशीलका पदाधिकारीको नामावली सार्वजनिक गरेको हो ।

अध्यक्ष अरविन्द चौधरी,
प्रथम उपाध्यक्ष, सत्य नारायण चौधरी
द्धितिय उपाध्यक्ष, श्यामलाल चौधरी
महामन्त्री, भगवती प्र.चौधरी
सह-महामन्त्री, हरी ब.महतो
सचिव, शान्ति चौधरी
कोषाध्यक्ष, अजय चौधरी
सह-कोषाध्यक्ष, सुर्य नारायण चौधरी र
महिला तर्फ चाँदनी चौधरी, पार्वती चौधरी, सबिता चौधरी परेका छन् ।
सदस्यहरू भागेश्वर प्र.चौधरी, विजय जय नारायण, धर्मेन्द्र, हरेराम, प्रदिप कुमार, मनोज, नागराज, र महिला तर्फ लक्ष्मी कुमारी चौधरी रहेका छन् ।

यसै गरि अरविन्द चौधरीको अध्यक्षतामा बसेको बैठकले विभिन्न विभागीय समिति गठन गर्दै, साँस्कृतिक विभाग प्रमुखमा घनश्याम चौधरी, महिला विभाग प्रमुख, मञ्जु चौधरी र अनुशासन विभागमा सुर्य नारायण चौधरीलाई मनोनय गरेको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %