संजय सिंजाली मगर
काठमाण्डौं, पौष २९ – मगर राजनैतिक राष्द्रिय सम्मेलन भव्य रुपमा सम्पन्न भएको छ ।
नेपाल मगर संघका केन्द्रिय अध्यक्ष नबिन रोका मगरको सभापतिमा कार्यक्रम आयोजना भएको थियो भने संघीय समाजबादी फोरमका बरिष्ठ नेता तथा सांसद अशोक कुमार राई प्रमुख अतिथि रहेका थिए ।
स्वागत मन्तब्य मगर मञ्चका संयोजक तथा मगरात मोर्चाका अध्यक्ष सुर्दशन बराल मगर बाट भएको उक्त कार्यक्रमका सन्चालन संघका महासचिब ज्ञानेन्द्र पृन मगर र संगठन सचिब जगत रेश्मीले गरेका थिए ।
कार्यक्रममा संघका सल्लाहाकार झकेन्द्र घर्ती मगरले मगर राष्द्रिय राजनैतिक सम्मेलन बारे प्रतिबेदन प्रस्तुत गरेका थिए । त्यस पश्चात मन्चमा आसिन बिभिन्न पहिचानबादी जातिए संघ सस्थाका अध्यक्ष तथा राजनैतिक दलका नेताहरुले प्रतिबेदन माथि आ आफ्नो टिप्पणी गरेका थिए ।
तमुवान राष्द्रिय अध्यक्ष रेशम गुरुङले आफ्नो भनाई राख्ने क्रममा मगरात र तमुवान सधै एक साथ रहने छ, तर सिमानको बिषयमा एक ईन्च पनि सम्झौता रहने छैन् । यो गुरुङ जातिको लडाई भनेको नामको हो,तरे मगरातको लडाई भनेको माटोको हो भन्दै गुरुङले भने । त्यस्तै खसानका संयोजक प्रेम बहादुर खातीले मगरामतले उठाएको सबै म’द्दाहरुमा आफ्नो सदै सहयोग रहने बताए । उनले भने खस जातिलाई आर्यहरु संग जोडेर हामीलाई गाली नर्गन अनुरोध गरे ।
मगर जाति नेपाल एकिकरण गर्ने क्रम देखिनै उत्पीडत पर्दै आईरहेको छ । मगरात भूमिको लागि हामी खसानहरु सदै साथ रहेको छौ । हामी खसानहरुको पनि मगरहरु जस्तै भाषा धर्म रितिरिवाजहरु र लिपी आदि हराउने अवस्थामा छ । हामीलाई आर्यको संघ्या दिएर सम्बोधन होईन, हामीलाई खसान अर्थात खस भनेर सम्बोधन गर्नू भने ।
मगरको राजनैतिक राष्ट्यि सम्मेलनमा प्रमुख अतिथि :अशोक राई (भिडीयो सहित)
{youtube}https://youtu.be/AOV05BG9gl4{/youtube}
संघीय समाजबादी फोरमाका बरिष्ठ नेता तथा प्रमुख अतिथि अशोक कूमार राईले आफ्नो भनाई राखे । हाम्रा पूर्खाको माटोलाई बचाउनु पर्छ, नशलाबादीले हामीलाई दासी बनाएको छ, यदि हाम्रो टाउको माथि टेक्न खोज्छ भने हामी त्यसको प्रतिकार गर्नु पर्छ , हामी शोषीत जाति साच्चिकै एकजुट हुन जरुरी छ, त्यसैले हामी सबै जनजाति एक हौ भन्दै मन्तव्य टुङ्ग्याए ।
त्यस्तै गरि बिभिन्न पार्टी तथा भ्रत संघ-संस्थाका प्रतिनिधीहरु बाट आ-आफ्नो मान्तव्य राखेको थिए । सो कार्यक्रमलाई रोचक बनाउन सांस्कृती संघले मगरको नृत्य प्रस्तुत गरेका थिए ।
{facebook}1159474160768777{/facebook}
पुरा फोटो हेर्न तलको लिङ्क थिच्नुहोस :
मगर राजनैतिक राष्द्रिय सम्मेलनका केही फोटो झलकहरु !
