एक बेल्पालीको ब्यस्त डायरीलाई पल्टाएर हेर्दा !

Read Time:11 Minute, 39 Second

बिजय हितान 


२०१६ को डायरि पल्टाएर हेर्दा सदा झैं आफुलाई ब्यस्त राखेको रेहेछु । जो प्राय सबै बेल्पालीको दिनचर्या हो । काम, घर-परिवार, समाज, र साहित्य मेरा डायरिमा कोरिने बिषयवस्तुहरु हुन । ब्यस्तताको भारिमा च्यापिएर प्रचुर समय दिन नसक्दा कसैलाई न्यायोचित भएन होला, त्यो मनन गरेको छु ।
 
जनवरी

कैले पो छ र न्यानो अनी सुकिलो जनवरी भेटेको ! हुरी-बतास, बर्षात र बाढिको प्रकोपले नयाँ बर्षका दिनहरु भिजे । २०१५ बाह्य गतिबिधिमा बढी बितेको र समाज र घर-परिवार बिचको सन्तुलन खलबलिन पुगेको महसुस । २०१६ मा यसमा सुधार ल्याउने प्रयत्न जारी । बिगतमा नयाँबर्षे सङ्कल्प कती पुरा भए कती भएनन । तैपनी, मास्टर मित्रसेनको सैनिक जीवन र पहिलो विश्व युद्दमा तिनको सहभागीता बारेमा खोजमुलक अध्ययन गर्ने नयाबर्षको सङ्कल्प सुचिमा सबैभन्दा अगाडि । साउथ इस्ट लन्डन तमु धि को लोसार पर्बमा साहित्यकार मित्र सुमल कुमार को निम्तोमा उपस्थित । ६० प्रतिसत भन्दा बढी त्याँहा भेटिएका तमु मित्रहरुलाई मैले चिन्दो रहेछु । प्रकाशोन्मुख कबिताहरुको सँगालो ‘बाग्मती ब्लुज’ काँट छाँटमा  ब्यस्त । छोराको जन्मदिन त मनाइएछ तर अती ब्यस्तताले आफ्नै विवाहको बर्षगाँठ मिलिक्कै भुलिएछ । यसको बारेमा न त मैले न त श्रीमतीले सम्झने चेष्टा गरिएछ । बुढेसकाल लागेपछी बैबाहिक सम्बन्ध यस्तै नै रंगहिन बन्दै जाँदो रहेछ ।  
 
फेब्रुअरी

यो महिनामा ऐतिहासिक कार्य गरिएछ । एक आन्दोलनको भारी यहिं बिसाएर अब अर्कोतिर लाग्नुपर्ला । शहीद लखन थापामगरलाई नेपाल सरकारले प्रथम शहीद घोषणा गरिसकेको र पहिलो पल्ट नेपाली राजादुतावास लन्डनमा उनको स्मृति दिवस मनाइयो । आदिबासी जनजाती महासँघ र सम्पूर्ण बेल्पालीको सहयोगलाई म त्यतिबेला खुबै सम्झें । भ्यालेन्टाइन दिनमा प्रणय उन्मुख एक साहित्य र संगित कार्यक्रमको आयोजना गरिएछ । यि बाहेक मगर दिवस र अन्य सामाजिक कार्यक्रमहरु, जो न त समयमा सुरुहुन्छन न त सुचारु रुपले सन्चालन गरिन्छन, मा समाबेश भैएछ । पत्रकार महासंघको अधिबेशनको चहलपहल । नरेश खपाङी र बिमला सेनेको अध्यक्ष पदमा मारामार । एक ज्ञान र अनुभवका धनी, अर्की आदिबासी जनजाती महिला एक्टिभिस्ट र सकृय संचारकर्मी । 
     
मार्च

साहित्यको दृष्टिले यो महिना अबिश्मरणीय । एक घण्टा बिजुली बत्ती निभाइने ‘अर्थ आवर’ आयोजना गरेर बातावरणीय चेतना दिने कार्यक्रम यस बर्ष पनि रह्यो । साहित्यकार मित्र विश्वाशदिप तिगेला सँगको साँठगाँठले वातावरणिय साहित्य झन ससक्त हुँदैछ । हुन त एक साहित्यिक प्रेमिकासँग सम्बन्ध बिच्छेद भएर अर्को साहित्यिक प्रेमिकासँग मेरो सम्बन्ध बिस्तार भएको बर्ष पनि हो यो । के गर्ने त, उनै सँग बाँकी जिन्दगी बिताउने प्रणय गरेको थिएँ, दैबले त्यस्तै जुरायो । विश्व नेपाली साहित्य महासँघ साउथ यूके ‘अर्थ आवर’ को दिन पारेर स्थापना । बातावरण साहित्य र यसको महत्व बिषयमा एक कार्यपत्र प्रस्तुत । जानुका जस्ती अती सकृय महासचिव र अन्य अती सहयोगी साहित्यकार संगितकार साथीहरुको टिम छ हाम्रो । बातावरण साहित्यलाई प्रमोट गर्न पर्ने भएकोले यो महिना पत्रकार महासँघ, आदिबासि जनजाती महिला महासँघ, मगर महिला महासँघ कसैको अधिबेसनमा उपस्थित हुन सकिन । माफि पाउँ है मित्रहरु हो । के गर्ने, भनेजस्तो उद्देस्य प्राप्तिकोलागी एक बिषयमा मात्रै आफ्नो सक्ती सन्चय गर्नु पर्ने भो । मार्चको अन्यतिर मगर संघ युके को अधिबेशनले फेरी मेरो सामाजिक सन्जाल गरमागरम ।

अप्रिल

अप्रिल लाग्न बित्तिकै नेपाली नयाँ बर्ष, जसले झस्काउँछ नेपालीको बिशाल घाऊ- महा भुकम्प । महा भुकम्पको वार्षिकी पारेर साहित्य गोष्टी गर्यौं । कबिता मार्फत हजारौं म्रितक र घरबार बिहिन नेपालीलाई सम्झ्यौं । बसन्त आकाशमा उदाउन र बनजङलमा नाच्न थाल्ने महिना हो अप्रिल । सप्तान्तको बिहानिहरुमा सेरोफेरो हिंड्न निस्कन्छु । तल इङ्लिश च्यानल सुस्ताएको हुन्छ, माथि नर्थ डाउन डाँडा हरियै उब्बिएको हुन्छ । यसै न्यानो दिनको फाईदा लिंदै बेल्जियमतिर ब्याटल टुर लागें ३ दिनको लागि । जंहा हाम्रा गोर्खाली पुर्खा पहिलो विश्वयुद्द लडन आएर फ्लान्डरका तोरीबारी र ट्रेन्चभित्र ज्यान गुमाएका थिए । वोइहात जर्मन सिपाहीका सङिनद्वारा सहिद बनाइएका थिए । पहिलो गोर्खा राइफलका मास्टर मित्रसेनको पाइलाका डोबहरु फ्लान्डर फिल्डमा पछ्याउने मौका मिल्यो । घर भित्र बाहिर टुटफुट भएका छन, तिनको मरम्मत सम्हारमा पनि लाग्यौं बुडाबुडी । जेठो छोरा गाडी चलाऊन सिक्छु भनेर तम्सेको छ । मगर संघ युके को अधिबेशन । एक महिला र एक पुरुशको अध्यक्ष पदमा दाबी थियो । प्रजातान्त्रिक पद्दती अनुसार चुनाव, तर अभाग्यबश महिला हार्नु पर्यो । मेरो मान्यता त के थियो भने- महिलाहरु पनि लिडरशिपमा आउन पर्यो, उनिहरुलाई अवसर दिइन पर्यो, उपाधक्ष्यको पदमात्र सम्हालेर अस्ताउने होइन । अभाग्यबस त्यसो हुन सकेन । हरेस नखाउन नारी ! 
 
मे

मे महिनामा बुद्दलाई सम्झीईन्छ। फेरी घन्कियो ‘बुद्द वाज बर्न इन नेपाल’ भन्ने नारा नेपाली जनजिब्रोमा । मगर संघको बुद्द नेपाली ओपन कन्सर्ट, बुद्दिष्ट कम्युनिटिको पूजा कार्यक्रम, कपिलबस्तु बौद्द समाजद्वारा पार्लियामेन्टमा मैन बत्ती जलन जस्ता थुप्रै कार्यक्रम हुन्छन बुद्दलाई पुनर्जन्माउन । यिनमा मेरो  प्रत्यक्ष शहभागीता न रहे पनि एक लेख एभरेस्ट टाइम्समा छापाएँ । मे मजदुरहरुको अधिकार सुरक्षित गर्ने महिना पनि हो । मजदुर दिवसको दिन म ड्युटिमा परेछु । मे डे को दिन काम गर्न परेकोले त्यस दिनको ज्याला डेड्गुना बढी पनि हुने र सट्टामा एक दिन बिदा लिन पनि पाइने रहेछ । नेपाली राजनैतिक पार्टिबाट टाढा तर बेलायतको लेबर पार्टिलाई सलाम । दुत पुन दाईको ‘मेजर पेन्सन खाउली’ सिनेमाले खुबै धमाका पिटेको छ । फोक्स्टोनमा पर्दशन गर्न मद्दत् र सिनेमा हेरें पनि । जुन महिनामा आयोजना गर्न लागिएको बातावरण साहित्य गोश्टी तयारीमा ब्यस्त । फुटबल खेल्दिन तर फुटबल खेल हेर्न अती मन पराउँछु । चेल्सीको भएंकर फ्यान हुँ । गोर्खा कप अल्डरषटतिर लागियो सपरिवार । देउताको दर्शन सिद्राको ब्यापार- साथीभाइ र इस्ट मित्रसँग पनि भेट, बिजिडब्लुएस रेडियोमा पर्मिला नम्बर्नी र सोनाम दाईसँग आउँदै गरेको बातावरण साहित्य गोस्टिको बारेमा अन्तर्वाता पनि । तत्कालै एक साहित्य अनुरागी बहिनिले फोन गरेर- दाई म एउटा हरियो कबिता लिएर आउने छु- भनेर फोन गरिन । 
  
जुन

लन्डनमा बेलायतका ६ साहित्यिक संगठनहरुको संयुक्त तत्वधानमा पहिलोपल्ट ब्रिहत बातावरण साहित्य गोष्टी । बिएफबिएस कठमान्डु बिनोद दाइको साथमा डब्लु डब्लु एफ नेपालका डाइरेक्टर घनश्याम गुरुङलाई नेपालको पर्यावरण र बन्यजन्तुको बारेमा अन्तरबार्ताको चाँजो । कामका साथीहरुसँग उत्तरि वेल्सतिर क्याम्पिङ । अग्ला डाँडाकाँडाले नेपालको झझल्को झन ताजा । स्नोडन पहाड चढदाको चिसो र बर्षातिलो मौसम । इन मा मैले भोट हाले पनि ब्रेक्जिटको परीणामले आस्चार्य । पाउन्डको मुल्यमा गिरावट । बेलायत अनिस्चितताको घडीतिर घुस्रेको महसुस । ‘पाटे बाघ’ जस्ता सम्रक्षण कबिताको सँगालो प्रकाशन गरेका साहित्यकार रमेश अधिकारिसँग भेट र मेरो निवास्थान फक्स्टन भ्रमण । दुई भाईको एक ईको गीती एल्बम निकाल्ने सहमती । भरखरै ड्राइभिङ पास गरेको छोरासँग लेस्टर युनिभरसिटीतिर । एम ट्वान्टी र एम वान हुँदै ८० – ९० माइल प्रतिघन्टाको गतिमा उसको ड्राइभिङ । अब कहिल्लै उसले चलाएको गाडीमा यात्रु नबन्ने द्रिढ सङ्कल्प । च्यारिटिको लागि गोर्खा वाक १३ जना गोर्खा भिसि को नाममा । नेपाली संगीतका पारखी अंबर गुरुङको निधन । बिस्व नेपाली साहित्य महासंघ साउथ यूके ले राजादुतावासमा स्रदान्जली कार्यक्रम ।

क्रमश: अर्को अङ्कमा

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %