मिस तामाङ्गको तयारी पूरा !

Read Time:1 Minute, 55 Second

मनोज घर्तीमगर


Image may contain: 13 people, people standing

पोखरा, पौष २८ – २८५३ औं सोनाम ल्होछारको अवसरमा बैदाम तामाङ्ग समाजको आयोजनामा हुने ल्होछार म्युजिकल फेस्टिभल तथा मिस तामाङ्ग पोखरा २०१७ को तयारी पूरा भएको छ ।

मिस तामाङ्ग पोखरा २०१७ का लागि १३ जना प्रतियोगीहरुले भाग लिएका छन् । प्रतियोगीहरुलाई बिभिन्न बिषयमा तालिम प्रदान गरिएको कार्यक्रम संयोजक जेसिका तामाङ्गले बताए ।

१ महिना प्रशिक्षणको दौरानमा अहिले सम्म तामाङ्ग भाषा, ब्यक्तित्व विकास, सकारात्मक सोँच, तथा सकारात्मक बानी, तामाङ्ग संस्कार तथा संस्कृतिबारे तालिम लिइसकेका छन् । कार्यक्रमको कोरियोग्राफी सृष्टि सेञ्चुरीले गरेका छन भने तामाङ्ग नृत्यको प्रशिक्षण राम लामाले गरेका छन् । 

कार्यक्रमबाट बचेको रकम बैदाम तामाङ्ग समाजले ग्याजर्दी लेकसाइडमा निर्माणाधिन रेञ्छिन तेरजोट तामाङ्ग शान्ती गुम्बा निर्माणमा खर्च गरिने समाजका अध्यक्ष ज्याक तामाङ्गले बताए ।

माघ ८ गते शनिबार पोखरा सभागृहमा हुने कार्यक्रममा कलाकारहरु चन्द्रबहादुर दोङ्ग तथा शशिकला मोक्तान लगायतका कलाकारहरुको सांगितिक प्रस्तुतिका साथै तामाङ्ग सांस्कृतिक नृत्य प्रस्तुत गरिने कार्यक्रम संयोजक जेसिका तामाङ्गले बताए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %