स्याङ्जा सहयोग समाजले चौथो साधारण सभा सम्पन्न !

Read Time:4 Minute, 1 Second

कृष्ण सारू मगर


Image may contain: 16 people, people standing

बहराईन, जनवरी  ९ – स्याङ्जा सहयोग समाजले १ जनवरी सुक्रबारका दिन मानमा स्थित साउदी रेष्टुरेन्टको सभा हलमा संस्थापक अध्यक्ष राजेश अर्यालको प्रमुख अतिथ्यतामा चौथो साधारण सभा सम्पन्न गरेको छ ।

कार्यसमितिको नामवली निम्न तपशिल रहेका छन् ।

अध्यक्ष शुकदेव घाम्बोले
उपाध्यक्ष केशव पोखरेल
महासचिव दिल थापा मगर
सचिब शुक्र गुरुङ
कोषाध्यक्ष राजु बग्दास
सह-कोषाध्यक्ष डिलराज गुरुङ
सांस्कृतिक सचिव युवराज गुरुङ
सह-सचिव नीर राना मगर
खेलकुद सचिव गोबिन राना मगर
सह-सचिव युवराज गुरुङ
ब्यबस्थापक सचिव कमल श्रेष्ठ

शुकदेव घाम्बोलेको अध्यक्षतामा बसेको बैठकले मानर्थ सदस्यमा रिम गुरुङ रहेका छन् । वरिष्ठ सल्लाहकार मोहन गुरुङ, प्रमुख सल्लाहकार लक्ष्मण श्रेष्ठ, एल.बी. राना मगर, अजित घाम्बोले, कुल बहादुर सुनाम, ज्ञानेन्द्र गुरुङ, नेत्र गुरुङ र बेल थापालाई सल्लाहकार समितिमा चयन गरिएको छ ।

शुभकामना मन्तब्यको क्रममा रिम गुरुङ, एल.बी.राना मगर, भोजराज गैरे, संरक्षक दिपक गुरुङ, नेपाली क्लबका अध्यक्ष कमल श्रेष्ठ लगायतले बधाई दिएका थिए अन्य वक्ताहरुले आ-आफ्नो धारणा राख्दै शुभकामना दिएका थिए ।
      
समाजका महासचिव दिल थापाले बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए कोषाध्यक्ष राजु बग्दासले कोषको आर्थिक विवरण सार्वजनिक गर्दै अध्यक्ष श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् ।

प्रमुख अतिथि अर्यालले समाजमा भए गरेका बिकृति विसंगतिको अन्त्य गरि समृद्ध समाजको निर्माणकार्यको लागि बहराइनमा रहेका समस्त स्याङ्जावासी आदरणीय दाजुभाई तथा दिदीबहिनीहरुले एकजुट भएर आफ्नो गृह जिल्लाको पहिचान र अस्तित्व संरक्षणका निमित्व दत्तचित्त भएर सबैमा आपसी सद्भाव, समन्वय, सहकार्य गर्दै समाज प्रति उत्तरदायी भएर अघि बढाउनमा जोड दिनु पर्ने बताए ।

बन्दसत्रको व्यापक छलफल बाट दिपक गुरुङ, रिम गुरुङ र एल.बी.राना मगर रहेको निर्वाचन समितिले अध्यक्षमा शुकदेव घाम्बोलेलाई सार्वजनिक गरेको हो

समाजको विभिन्न आरोह र अवरोह पार गरी सामाजिक अभियान्तामा परिपक्वता रहेका कर्तव्यनिष्ट कै कारण घाम्बोले नेतृत्वको पद पाएका हुन् ।

समाजका महासचिव दिल थापाको संचालनमा संम्पन सभाको लक्ष्मण श्रेष्ठले अध्यक्षतामा गरेको साधारण सभामा विशेष अतिथिमा नेपाली क्लबका अध्यक्ष कमल श्रेष्ठ, समाजका संरक्षक दिपक गुरुङ, मानर्थ सदस्य रिम गुरुङ, संस्थापक अध्यक्ष शुकदेव घाम्बोले लगायत सल्लाहकारहरु एल.बी. थापा सहित स्याङ्जावासी सदस्यहरुको बाक्लो उपस्थितिमा साधारण सभा सम्पन्न भएको समाजका संरक्षक दिपक गुरूङले बताए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %