मगर्स क्रियशन
काठमाडौँ, पुस २४ – गत केही समय देखी अमेरिकामा बस्दै आउनु भएकी र पछिल्लो समय नेपाली लोक गित संगितको क्षेत्रमा आफ्नो छुट्टै परिचय बनाउन सफल चर्चित लोक गायिका संगिता थापा मगरको रोइला गित “दर्शन झोर्ले” भरखरै मात्रै सार्वजनिक भएको छ । स्टेज क्विन को रुपमा समेत परिचय बनाउन सफल गायिका थापाले यसपाली फेरी निकै मार्मिक शब्दहरु रहेको रोइला गितमा सुमधुर स्वर भर्नु भएको छ, साथै, यस गितमा थापालाई अर्का चर्चित गायक रामजी खांडले साथ दिनु भएको छ ।
चर्चित गायक,गितकार,संगितकार सिपी मगर ज्युको शब्द तथा रामजी खांडको संगित रहेको यस रोइला गितलाई मगर्स क्रियशन कम्पनीको म्युजिक प्रोडक्सन हाउसले म्युजिक भिडियो निर्माण गरी बजारमा ल्याएको हो। म्युजिक भिडियोमा गायिका संगिता थापा मगर र रामजी खांड दुबैले अभिनय गर्नु भएको छ ।
युट्युबमा हेर्न यो लिंक थिच्नुहोस् :
{youtube}https://youtu.be/MmWMWC2sJS4{/youtube}
आफुलाई विगतका गीतहरुमा झैँ यो गीतमा पनि सबैको साथ र सहयोग पाउनमा आशाबादी रहेको गायिका संगिता थापाले बताउनु भयो । दुई दर्जन बढी गितमा स्वर दिसक्नुभएकी गायिका थापाले दर्शकको माँया पाएमा आगामी दिनमा पनि अझ धेरै लोक तथा राष्ट्रिय गितहरुलाई पनी निरन्तरता दिने बताउनु भयो ।