बेलायत छन्त्याल संघले ‘ छार म्हेङ २०१७’ धुमधामको साथ मनायो ।

Read Time:3 Minute, 40 Second

मुकेन छन्त्याल
१जनवरी ,२०१७ ,आश्फोर्द
बेलायत, ०१ जनवरी २०१७, हटफिल्ड भिलेज आश्फोर्द केन्ट शहरमा यस बर्ष पनि बेलायत छन्त्याल संघले छन्त्याल समुदायको महान पर्ब छार म्हेङ (नयाँ वर्ष) तथा म्हिलाङे सोङ्ती (माघेसंक्रान्ती) धुमधामको साथ मनाएको छ ।

संघले सदाझै यस बर्ष पनि बेलायतमा यत्रतत्र छरिएर रहेका छन्त्यालहरुलाई एक ठाउमा भेला गरि आफ्नो मौलिक परम्परा कला सँस्कृतीलाई निरन्तरता दिने कार्य सम्पन्न गरेको छ । बेलायतको परिबेशलाई ध्यानमा राखी संघले हरेक बर्ष जनवरी एक तारिखलाई छन्त्यालहरुको महान पर्ब छार म्हेङ तथा म्हिलाङे सोङ्ती मनाउने चलन कायम राखेको छ । बेलायतमा उक्त दिन सार्बजनिक बिदा दिईने हुदा प्राय जसोलाई बिदा मिल्ने भएको कारण यस दिनलाई संघले छन्त्याल समुदायको मिलन बिन्दुको रुपमा पनि लिएको छ ।

उक्त पर्बको औपचारिक कार्यक्रम अध्यक्ष झक छन्त्यालले पानसमा बत्ति बाली उद्घाटन भए पश्चात छन्त्याल जातिको परम्परा अनुसार बिशेष ब्यक्तित्वहरुको बाहुलीबाट मैनबट्टी बाली बिभिन्न परिकारका खानेकुराहरु चढाई पितृ सम्झने र पुज्ने कार्य भयो । कार्यक्रममा उच्च शिक्षा हासिल गरेकाहरुलाई कदरपत्र दिएर सम्मान पनि गरिएको थियो । त्यसै गरि भरखर नेपालबाट आएका नयाँ सदस्यहरु लगायत बिभिन्न राष्ट्रबाट पाल्नुभएको आगन्टुक पाहुनाहरुलाई पनि स्वागत तथा सम्मान गरेको थियो । साथै ब्यबसायमा सफलता हासिल गरेका ब्यबसायीहरुलाई पनि हौसलाको रुपमा संघले बधाई तथा सम्मान गरेको थियो ।

कार्यक्रममा क्या रुद्र छन्त्याल लगायतका बक्ताहरुले छन्त्याल जातिको पराम्परा , कला , संस्कार र संस्कृति तथा पहिचान र अधिकार सुनिश्चितताको लागि बिश्वभरीका छन्त्यालहरु एक ढिक्का भएर अगि बढ्नुपर्ने कुरामा जोड दिएका थिए ।कार्यक्रममा सँस्कृती सचिब नरसिङ घरब्जा र साथीहरुले “ लालै गित “ तथा छन्त्याल जातिको कला संस्कृति झल्कने निर्त्यको साथमा नौमती बाजा बजाई यसपाली बिगत भन्दा फरक र थप मनोरन्जन दिन संघ सफल भएको थियो । बेलायत जस्तो ब्यस्त जिवन शैली र अलग कला संस्कृति भएको राष्ट्रमा पनि आफ्नो समुदायको कला संस्कृति झल्कने मौलिक चाड मनाउन पाउँदा सहभागी सबैजना हर्षोउल्लासको साथ मनमुग्ध भएर झुमीरहेको देखिन्थ्यो ।

कार्यक्रम संघको अध्यक्ष झक छन्त्यालको अध्यक्षतामा उपाध्यक्ष हेम छन्त्यालको स्वागत र महासचिब मुकेन घरब्जा छन्त्यालको संञ्चालनमा सम्पन्न भएको थियो ।


0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %