पाल्पाली समाजले मोडल तथा नृत्य निर्देशक स्मृतिलाई गरे सम्मान !

Read Time:3 Minute, 58 Second

कृष्ण सारू मगर


कतार, जनवरी ३ – प्रवासमा नेपाली कलाकार एक होऔं, नेपाली सँस्कृति र प्रतिभाको सम्मान तथा प्रवर्द्धन गरौँ भन्ने मुख्य लक्ष लिएर स्थापित बसन्त फिल्मस प्रा.लि. ले गत सनिबार दोहाको वेलकम रेष्टुरेन्टको सभाकक्षा आई बोस ग्लोबलका हप खड्काको प्रमुख आतिथ्यतामा नेपाल देखि आएका विभिन्न विधाका राष्ट्रिय कलाकारलाई विदाई तथा सम्मान गरेको छ ।

सोही कार्यक्रममा आफ्ना गृह जिल्लाकी मोडल तथा नृत्य निर्देशक चाप्पानी – २ बोझादीकी स्मृति तिमिल्सिनालाई उनको कला र प्रतिभाले सिङ्गो पाल्पावासीहरूको मान, प्रतिष्ठा र गौरब बढाउने काम गरेकोमा पाल्पाली सेवा समाजका प्रमुख सल्लाहकार भुपराज दुवाडीले दोसल्ला ओढाएर सम्मान गरे । अध्यक्ष लिलम चिदि मगर प्रथम, उपाध्यक्ष चोलाकान्त डोटेल र समाजका सल्लाहकार समेत रहेका सभाध्यक्ष ईश्वर काफ्लेको सह्योगमा पाल्पाली सेवा समाज दोहा कतारले प्रशंसा पत्र प्रदान गर्दै सम्मान गरेको हो ।

सुर्जनी के.सी चर्चित राष्ट्रिय लोक तथा दोहोरी गायिका तथा नायिका ज्योति मगर, गायक पशुपति शर्मा, आधुनिक गायक प्रमोद खरेल, रुपकुमार राई, गायिका सहिमा श्रेष्ठ, नृत्य निर्देशक शंकर बिसी, नृत्याङ्गना रश्मी तामाङ, गायिका कोपिला गुरुङ, जिरे खुर्सानीका हाँस्य कलाकार जितु नेपाल (मुन्द्रे) र स्मृति तिमिल्सिना “New Year Welcome Night 2017” साँगितिक कार्यक्रमका लागि आई बोस ग्लोबल प्रालिको निमन्त्रणामा आएका कलाकार हुन् ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका मानर्थ सदस्य समेत रहेका बसन्त फिल्मस प्रालिका प्रवन्ध निर्देशक काफ्लेका अनुसार “नेपाली सँस्कृति र प्रतिभाको सम्मान तथा प्रवर्द्धन गरौँ ” भन्ने मुख्य लक्ष्यका साथ स्थापित फिल्मसले कतार आएका विभिन्न विधाका राष्ट्रिय कलाकारलाई सम्मान गरेका छन् ।



आफुले काम थालेको झण्डै वर्ष दिनको अन्तरालमा विभिन्न विधाका नवोदित कलाकार कलाकारहरुका मात्रै झण्डै ७ दर्जन म्युजिक भिडियोलाई युटुबमा सार्वजनिक गरि सर्वत्र बजार ब्यावस्थापन गरेको सस्थाका सदस्य तिलु शर्मा पौडेलले अवगत गराए ।

पाल्पालीवासीहरूको बाक्लो उपस्थिति तथा अन्तराष्ट्रिय साप्ताहिक राजधानीका पत्रकार दिल कुमार श्रेष्ठ लगायत विशिष्ट ब्याक्तित्वहरूले सहभागीता जनाएको समारोहलाई सचिव, दुर्गा अधिकारीको संचालनमा संपन्न भएको कार्यक्रमको सभापतित्व पाल्पाली सेवा समाजका सल्हाकार समेत रहेका फिल्मसका प्रवन्ध निर्देशक ईश्वर काफ्लेले गरेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %