मगर संघले मानर्थ सदस्यको गरे बिदाई !

कृष्ण सारू मगर

 

Image may contain: 7 people, people standing and indoor

कतार, जनवरी  १ – नेपाल मगर संघ शाखा कतारले माईलीमायाँ वाईवा तामाङलाई दोहाको वेलकम रेष्टुरेन्टको सभाहलमा सम्मान तथा विदाई कार्यक्रम संघका अध्यक्ष महेन्द्र थापा मगरको सभापतित्व सम्पन्न गरेको छ ।

रोजगारीको शिलशलामा कतार आएकी हेटौंडा-७ मकवानपुरकि माईली मायाँ वाईवाले कला र प्रतिभाले विगत लामो समय देखी संघलाई योगदान दिदै आएकी थिईन । उनले साँस्कृतिक विभागीय आजीवन सदस्य हुँदै, ८ जनवरी २०१६ का दिन संघको मानर्थ सदस्य प्राप्त गरेकि हुन् ।

 

Image may contain: 5 people, indoor

उहाँले दिएको अतुलनिय योगदानलाई उच्च मुल्यांकन गरी संघका प्रमुख सल्हाकार भिम तरामु मगरले सदर पत्र प्रदान गरेका थिए । सभाध्यक्ष महेन्द्र थापा मगरले दोसल्ला ओढाएर सम्मान गर्दै, संघको लोगो अंकित मायाको चिनो प्रदान गरेको हो ।

सोही कार्यक्रममा यत्रतत्र रहेका कलाकारलाई एकजुट बनाउँदै नेपाली कला तथा संस्कृतिको संरक्षण र प्रवर्द्धनमा विशेष महत्वकाँक्षाका साथ कतारमा स्थापित नेपाली कलाकेन्द्रले अनुशासित प्रशिक्षार्थी वाईवा नृत्यङ्गनालाई स-सम्मान प्रशंसा पत्रले सम्मान बिदाई गरेको छ ।

 संघका सल्लाहकार सदस्य डिएन मगर लगायत सम्मान तथा विदाई समारोहमा सहभागी वक्ताहरूले मन्तब्यको क्रममा स्थानिय कानुनका विभिन्न चुनौतीको बाबजुद मगर संघमा दिएको योगदानको उहाँलाई खुलेरै प्रसंशा गरेका थिए ।

प्रमुख अतिथि वाईबाले आफु नेपाल मगर संघमा आबद्ध भै प्रतिभालाई प्रस्तुत गर्ने अवसर प्रदान गरेको प्रति हृदय देखि नै विषेश आभार प्रकट गरेकी छन् । उनले थप्दै भनिन् आफु भौगोलिक दुरीले कोसौँ टाढा रहेता पनि मगर संघ र नेपाली कलाकेन्द्रले दिएको सम्मान र समस्त कतारमा रहेका आफ्ना सहयात्री तथा शुभेच्छुकहरूको अथाह माया, स्नेह: सद्भाव, प्रेरणालाई कहिल्यै नबिर्सने बताए ।

 

Image may contain: 18 people, people smiling, people standing

मानर्थ सदस्य वाईवा तामाङको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै उनको स्वास्थ्य उपचारका लागि सक्दो सह्योग जुटाउने सघका अध्यक्ष महेन्द्र थापा मगरले प्रतिवद्धता जनाएको छ ।

विशिष्ट अतिथिमा संघका प्रमुख सल्लाहकार भिम तरामु मगर रहेका थिए । अन्य अतिथिहरुमा, नेपाली कला केन्द्र कतारका अध्यक्ष जनक थापा मगर, तथा संघको मातहतमा रहेका विभिन्न विभागिय समिति तथा एरिया समितिका अध्यक्ष तथा प्रतिनिहरु एवं गुम्बेली खवर डटकमका प्रधान सम्पादक (सम्यक) चुरा ब.राना मगर, राज्यसत्ता डटकमका (मीझार) कृष्ण सारू मगरलाई ज्ञानु श्रीस मगरले स्वागत गर्दै अतिथि ग्रहण गराएकि थिईन ।

संघका द्धितिय उपाध्यक्ष लिलम चिदी मगरको स्वागत तथा महासचिव बिजय कुमार मगरको संचालनमा संपन्न भएको छ ।