कृष्ण सारू मगर
कतार, डिसेम्बर ३१ – नेपाल मगर संघ, शाखा कतारले बिगतका बर्षहरुमा झैं “माघ्या सकराटी”पर्व संघका सचिव रबिन थापा मगरको संयोजकत्वमा यहि आउँदो २० जनवरी २०१७ सुक्रबारका दिन अल दोसारी चिडिया घर/गार्डेन,सहानिया स्थित “वनभोज तथा विविध सांस्कृतिक कार्यक्रम गरी मनाउने भएको छ ।
हरेक वर्षको माघ महिना देखी सूर्य धनु राशि बाट मकर राशिमा प्रवेश गर्ने ज्योतिष शास्त्र अनुसार “मकर/माघे संक्रान्ति” यस राष्ट्रिय पर्वलाई विभिन्न समुदायले आ-आफ्नो परम्परागत संस्कार संस्कृति अनुसार धुमधाम र हर्षोल्लासका साथ मनाउँछन् ।
मगरहरुले मातृभाषा “मिनाम सार” वा “सार ल्हेस” अर्थात, मगर लवजको उच्चारणले “माघ्या सकराटी”मगरहरुको प्रमुख पर्वलाई सफल पारिदिन हुन समस्त कतारबासी मगर तथा गैरमगर दाजु-भाई तथा दिदि-बहिनीहरुमा गरिमामय उपस्थितिका लागि आयोजक समिति हार्दिक निमन्त्रणा गरेको ।
श्रोतका अनुसार मगरहरुको परम्परागत मौलिकता झल्किने विविध साँस्कृतिक प्रस्तुतिका साथ विभिन्न महिला तथा पुरूष खेलकुद प्रतियोगिता रहनुका साथै,कतारमा रहेकका मगरहरुको २०१७/०१८ एक वर्ष कार्यकालको लागि मगर राजा (बाङ)(दौड प्रतियोगिता)ले राजा छनौट गर्ने प्रथालाई निरन्तरता दिने आयोजक समितिले जनाएको छ ।
नोट: म्युजिकमा कुर्सी दौडमा “महिला” को मात्र तथा मगर (बाङ) राजा छनौट “मगर” ले प्रतियोगिताको सहभागि रहने छन् ।