बहराईनको राष्ट्रिय दिवस नेपाली साँगितिक कार्यक्रम गरि भब्य मनाए !

कृष्ण सारू मगर


Image may contain: 7 people, people standing and suit

बहराईन, डिसेम्बर १९ – नेपाली क्लब द्वारा आयोजित नेपाली साँगितिक कार्यक्रम नेपाली दुतावासका श्रम सहचारी जगदीस चन्द्र सिवाकोटीको प्रमुख आतिथ्यतामा बहराईनको राष्ट्रिय दिवसलाई डेलमन ईन्टरनेश्नल होटेलको प्राङ्गणमा मनाएका छन् ।

क्लबको निमन्त्रणामा आएका नेपालका राष्ट्रिय कलाकारहरू, नायिका रिश्मा गुरुङ, चर्चित पार्स्व गायिका सहिमा श्रेष्ठ र चर्चित पप गायिका आस्था राउतको जोडदार साङ्गीतिक प्रस्तुतिले बराईनमा स्थापित विभिन्न, जातीय, क्षेत्रीय, वर्गीय, धार्मिक, साँस्कृतिक संघ, संस्था, संगठनका प्रतिनिधि, विशिष्ट ब्याक्तित्व स्थानिय पत्रकार तथा समस्त गीतसंगीत, पारखी स्रोता तथा आम दर्शकहरूलाई भरपुर मनोरञ्जन गराएको थियो ।


Image may contain: 1 person, standing

विशिष्ट अतिथि क्लबका संस्थापक तथा संरक्षक गम ब. गुरुङ्ग, नेपाली दुतावासका तृतीय सचिव अमृत कुमार लोप्चन तामाङ्ग, गैर आवासीय नेपाली संघका अध्यक्ष टंक बस्नेत, अमेरिकी मामिला उच्च आयुक्त एसिया प्रशान्तका मोहन गुरुङ्ग, विशेष अतिथि रहेका थिए । विभिन्न जातीय, क्षेत्रीय, वर्गीय, धार्मिक, साँस्कृतिक संघ, संस्था, संगठनका प्रतिनिधि, लगायत अन्य विशिष्ट ब्याक्तित्वहरू स्थानीय पत्रकारहरूलाई अतिथि ग्रहण गराएको थियो ।

क्लवका अध्यक्ष कमल श्रेष्ठको सभापतित्व गरेको कार्यक्रम श्याम पुनको स्वागत तथा महासचिव दिपक गुरूङ्गको संचालनमा संपन्न गरेको छ ।