मायाँ घले मगर
आमा नै हुन् जननी,
आमा नै हुन् जन्म की खानी ।
जन्म दिएर धर्तीमा पाइला टेकाउछौ,
आकाश चुम्न सक्ने बाटो देखाउछौ ।
जननी जन्मभूमि, म पनि स्वदेश नै फिरुला,
पिरोलिन्छ आमा कै दूधको भार अबश्य नै म तिरुला ।
जन्म दियो हुर्कायो पढ़ायो, बढायो अनि विदेश पनि पठायो,
तै पनि मैले किन आमा हजुर कै आँशु पुछन सकिन ।
मूल मन्त्र छ मेरो आमा कै सेवा गर्न पाउ धर्म हुनेछ,
मातृ भक्त सन्तान पाएछु भनेर हजुरलाई पक्कै गर्व हुनेछ ।
आउदै गरेको मार्च ८ तारिख बिश्व अन्तररास्ट्रिय नारी दिवशको उपलक्षमा आमालाई म प्रदेशी छोरीले पठाएको संदेश ।