देब पचभैया
पाल्पा, पौष ६ – रहस्यमय मृत्यु भएकी हेक्लाङ ६ पाल्पाकी २४ बर्षिया विनु पुलामी घटनाका आरोपीत विनुका श्रीमान् दिपेन्द्र बस्याल उनका वुवा लक्ष्मण र आमा पार्वती लाई पाल्पा जिल्ला अदालतले पुरपक्षका लागी थुनामा राख्न आदेश दिएको छ । अदालतको आदेश संगै तिनै जनालाई प्रहरीले मंगलवार राती ९ बजे नै जिल्ला कारागार पाल्पामा पठाएको छ ।
जिल्ला न्यायाधिस डिल्लीरमण तिवारीको ईजालासले तीनै जनालाई पुर्पक्षका लागी कारागार चलान गर्ने आदेश दिएको हो ।
अदालतको आदेशको बारेमा जानकारी दिदै श्रेष्तेदार सुर्वण खनाल ! (भिडियो सहित)
{youtube}https://youtu.be/wV2qaCpLXyo{/youtube}
अदालतका श्रेष्तेदार सुर्वण खनालले पछि थप प्रमाण बुझ्दा ठहरेबमोजिम हुनेगर अहिले मुद्धा मुलुकी एैन ज्यान सम्बन्धी महलको दफा बमोजिम थुनामा राख्न आदेश भएको जानकारी दिनुभयो ।
आदेशको जानकारी दिदै श्रेस्तेदार खनालले भन्नुभयो “नर बहादुर पुलामीको जाहेरी बादी नेपाल सरकार, प्रतिवादी पाल्पा ताहु ७ हाल तानसेन ८ भगवतीटोलका २५ बर्षिय दिपेन्द्र बस्याल, उनका पिता र आमा पार्वती विरुद्ध कर्तब्य ज्यान मुद्धा अभियोग पत्र मंगलवार अदालतमा दायर भएको र तिनै जना प्रतिवादीको बयान सम्पन्न भईवादी प्रतिवादीका तर्फवाट बहस पैरवी पछि मुद्धा पुर्पक्षका लागी थुनामा राख्न आदेश भएको हो ।
विनु घटनाको बहसमा वादी नेपाल सरकारको तर्फ बाट जिल्ला न्यायधि बक्ता यदुनाथ शर्मा खनाल र प्रतिवादी तर्फ बाट अधिबक्ता बावुराम पाण्डे र नारायण प्रसाद ज्ञवाली रहेका थिए । तॉहु ७ फुरुङ्गदीका ५ बर्षिय दिपेन्द्र बस्याल संग ४ बर्ष पहिले विनुको अन्र्तजातिय बिहे भएको थियो । श्रीमान् संगै बसेकी बिनु दशै देखि सम्पर्क विहिन भएपछि उनका माईतीले खोजविनका मंशिर ९ गते प्रहरीमा निवेदन दिएका थिए । दिपेन्द्र जिल्ला शिक्षा कार्यालय पाल्पामा प्राबिधिक पदमा कार्यरत थिए भने उनका बुवा र आमा दुबै जना स्थाई शिक्षक हुन् । विनु घटनामा संलग्न भन्दै माईतीले विनुका श्रीमान् दिपेन्द्र उनका बावु लक्ष्मण र आमा पार्वती बिरुद्ध किटानी जाहेरी दिएपछि उनीहरु तिनै जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरेको थियो । श्रीमती बेपत्ता पारी फरार बिनुका श्रीमान् दिपेन्द्रलाई प्रहरीले काठमाण्डौबाट पक्राउ गरेको थियो ।
घटनामा संलग्न माथि कडा कारवाहीको माग गर्दे मंगलवार पनि विनुका आफन्तले जिल्ला अदालतको प्रबेश द्धारमा प्रदर्शन गरेका थिए । कार्तिक ५ गते हुंगी १ असर्दीको कालीनदीको किनारमा विनुको शव भेटिएको थियो ।