देब पचभैया
पाल्पा, मंशिर २९ – आइटीएफ तेक्वाण्डोको पश्चिमाञ्चल स्तरिय प्रतियोगिताबाट २१ गोल्ड मेडल सहित पाल्पा उत्कृष्ट जिल्ला घोषित भएका छन् । सातौँ राष्टिूय खेलकुद प्रतियोगिताको लागि आईतवार देखि चार दिन सम्म बाग्लुङमा सम्पन्न क्षेत्रीय प्रतियोगितामा पाल्पा आइटीएफका खेलाडीहरुले २१ गोल्मेडल सहित उत्कृष्ट जिल्ला घोषित भएका हुन् ।
आगामी पौष २९ गते पूर्वाअञ्चलमा हुने राष्ट्रिय प्रतियोगिताका लागि महिला स्पाइरिङ्मा ४५ देखि ४९ केजी समुहमा वेथल दोजाङ्की सिमा थापा सारु छनोट हुनुभयो । प्याटनतर्फ निलो पेटीमा सितल विरकट्टा, रातो पेटीमा अस्मिना थापा, कालो पेटीमा आयुषा कार्की, कालो पेटी दोस्रो डानमा सीमा थापा सारु पहिलो हँुदै राष्ट्रिय प्रतियोगिताका लागि छनोट हुनुभएको छ ।
पुरुष स्पारिङ्तर्फ ६० देखि ६४ केजी समुहमा प्रिपेरटरी दोजाङ्गका राजन रसाईली, ६५ देखि ६९ समूहमा रामपुर दोजाङ्गका दानकुमार सारु, ८० देखि ८४ केजी समूहमा वेथल दोजाङका साजन पचभैया छनोट हुनुभयो ।
प्याटन तर्फ कालो पेटीमा पाल्पा आवासिय दोजाङ्का विमल राना, पाल्पा प्यारागन दोजाङका स्याम बहादुर गाहा , तानसेन दोजाङ्का कृष्ण थापा, मदरल्यान्ड दोजाङका देव थापा मगर, प्रशान्ति दोजाङका प्रतिक बगाले, वेथल दोजाङका सितल विरकट्टा, मुना दिशा छनोट भएका हुनुभएको छ । ग्रुप प्याटन पुरुषमा कृष्ण थापा, विमल राना, स्याम बहादुर गाहा, देव थापा, प्रतिक बगाले प्रथम हुनुभयो । महिला ग्रुप प्याटन तर्फ सितल विरकट्ट, अस्मिना थापा, आयुषा कार्की, सिमा थापा र मुना दिशा प्रथम हुनुभयो ।
राष्ट्रिय प्रतियोगिताका लागि छनोट भएका खेलाडिहरुलाई बधाई एवं शुभकामना दिदै अन्र्तराष्ट्रिय प्रशिक्षक निर बहादुर सारुले आगामी पौस २९ मा हुने सातौ राष्ट्रिय खेलकुद प्रतियोगितामा पनि पाल्पाली खेलाडीले बिजयी हुनु विश्वास लिनुभयो । क्षेत्रीय छनोट प्रतियोगितामा पाल्पाबाट २५ खेलाडी सहभागि थिए । प्रतियोगितामा १६ जिल्लाका खेलाडिहरुको सहभागिता थियो ।