अस्मिता ‘जुरेली’ को मोडलिङ र रेस्लिङ मोह

Read Time:4 Minute, 14 Second

सूर्य चन्द

मोडलिङ र रेस्लिङ खेललाइ एकै साथ अगाडी बढाएर चर्चा बटुल्दै छिन अस्मिता सुनार जुरेलीले ।बहुप्रतिभाकी धनि रेस्लर, मोडल अस्मिता सुनार(जुरेली) पछिल्लो समय मोडल भन्दा पनि नेपाली रेस्लर भनेर चिनिन्छिन l सुन्दर शरीरकी धनि अस्मिता ५ फिट ५ इन्च उचाई र ५५ किलोग्राम तौल भएकी छीन l मिलेको शरीर अनि आकर्षक ब्यक्तित्वकी धनि झट्ट हेर्दा लाग्दैन अस्मिता सुनार कुनै रेस्लर हुन । उनको शालीनता र मिलनसार स्वभाबले त झनै लाग्दैनकी ऊनि रेस्लर हुन तर रेस्लिङ रिङमा उनको स्वभाव फरक छ ।

अभिनय, नृत्यमा पोख्त अस्मिता मोडलिङ संसारमा पनि चिर परिचित नाम हो, त्यसो त अस्मिता मोडलिङ पृष्ठभूमिबाट आएकी हुन् । दर्जन भन्दा बढी म्यूजिक भिडियोहरुमा उनको कुशल अभिनय देख्न पाइन्छ । नेपाली चलचित्र भुलभुलैयामा उनी खलनायिका पनि बनिन त्यस पछि २०७० सालमा नेपालको पहिलो महिला रेस्लर भगवती खड्कासँग उनको भेट भए पछि बाटो बदलियो । अनि, भरत बहादुर विसुराल ‘हिमालयन टाइगर’ सँग रेस्लिङ–कला सिकिन र अस्मिताबाट ‘जुरेली’ बनिन् । ब्यबसायिक रुपमा ऊनि मोडलिङ र रेस्लिङ पेशालाइ एकै पटक लिएर जाने सोच बनाएकी अस्मिता जुरेलीलाइ चलचित्र र म्यूजिक भिडियोहरुको पनि अफर भने आइरहेको छ l

पछिल्लो समय नेपालमा पनि अनि नेपाली रेस्लर र रेस्लिङ खेललाइ मन पराउने र माया गर्नेहरुको संख्या बढ्दो छ l नेपालमा भईरहेको बिभिन्न रेस्लिङ खेलहरुमा अस्मिता जुरेलीको सहभागिता रहँदै आएको छ l तीन वर्षयता दर्जनौं पटक रिङमा उत्रिएकी उनी अब रेस्लिङमै करियर बनाउन चाहन्छिन् भने मोडलिङलाइ पनि तर यसका लागि सहज भने छैन कडा मेहनत र परिश्रमको जरुरत छ l विश्व जगतमा रेस्लिङलाइ मन पराउने धेरै भए पनि नेपालमा भने ब्यबसायिकरुपमा भने खासै उपलब्धि हुन नसकेको कुरा पनि ऊनि बताउछिन l नेपालमा टेलिभिजनमा रेस्लिङ हेर्ने दर्शक बढे पनि प्रतियोगिता भने कमै हुन्छ । त्यसमाथि पनि महिलाको सहभागिता न्यून छ । “नेपालमा हुने प्रतियोगिता छुटाएकी छैन” अस्मिता भन्छिन्, “अब अन्तर्राष्ट्रियस्तरमा खेल्ने रहर छ।”

रेस्लिङ खेल हो या मनोरञ्जन ? धेरै झै अस्मितालाई पनि द्विविधा थियो । तर, खेल्न थालेपछि मात्र उनले भित्री कुरो बुझिन् । “यो ७० प्रतिशत वास्तविक र बाँकी नाटक हो”, उनी भन्छिन् । उनका अनुसार, रेस्लिङलाई रोमाञ्चक बनाउन रेस्लरहरू रिहर्सल समेत गर्छन् ।

मोडलिङ सजिलो कि रेस्लिङ ? अस्मितालाई धेरैले गर्ने प्रश्न हो यो । तर, उनका लागि रेस्लिङ सजिलो/अप्ठेरो भन्दा पर चुनौती हो । “जीउ दुखेर हैरान हुन्छ”उनी भन्छिन्, “त्यसैले खेल अघि–पछि नियमित व्यायाम र अभ्यास जरुरी हुन्छ । अस्मिता जुरेली भविष्यमा ब्यबसायिक रेस्लरको साथै एक कुशल मोडल तथा अभिनेत्री बनेर देशको सेवा गर्न चाहन्छिन l

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %